२०८३ असोज २४ गते शनिबार

महाराजगञ्जमा मृत्यु भएका असईसहित ३ प्रहरीको परिचय खुल्यो

महाराजगञ्जमा मृत्यु भएका असईसहित ३ प्रहरीको परिचय खुल्यो

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ भदौ २५ गते बुधबार ०२:३८

काठमाडौँ । जेनजी प्रदर्शनकारीको आक्रमणमा परेर महारागजञ्जमा मृत्यु भएका ३ जना प्रहरीको पहिचान खुलेको छ । मंगलबार प्रदर्शनकारीहरूले प्रहरी वृत्त महाराजगञ्जमा आगजनी गर्दा ३ जनाको मृत्यु भएको थियो । प्रहरी स्रोतका अनुसार मृत्यु...

काठमाडौँ ।

जेनजी प्रदर्शनकारीको आक्रमणमा परेर महारागजञ्जमा मृत्यु भएका ३ जना प्रहरीको पहिचान खुलेको छ ।

मंगलबार प्रदर्शनकारीहरूले प्रहरी वृत्त महाराजगञ्जमा आगजनी गर्दा ३ जनाको मृत्यु भएको थियो ।

प्रहरी स्रोतका अनुसार मृत्यु हुनेमा प्रहरी सहायक निरीक्षक (असई) मिलन राय, वरिष्ठ हवल्दार पवित्रा गौली र जवान उत्तम थापा छन् ।

जेनजी प्रदर्शनकारीहरूले प्रहरी वृत्तमा आगजनी सुरु गरेपछि निसास्सिएर उनीहरूको मृत्यु भएको बताइएको छ । आगजनी सुरु भएपछि त्यहाँ फसेका केही प्रहरीहरूलाई सेनाको हेलिकप्टरबाट उद्धार गरिएको थियो ।

प्रकाशित मिति २०८२ भदौ २५ गते बुधबार ०२:३८
हजुरको प्रतिक्रिया