२०८३ असोज २४ गते शनिबार

पोखरामा स्थानीयले समातेर बुझाए एक कैदीबन्दी

पोखरामा स्थानीयले समातेर बुझाए एक कैदीबन्दी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ भदौ २५ गते बुधबार ०५:०९

पोखरा । कास्की जिल्ला कारागारबाट भागेका एक जना कैदीबन्दीलाई पोखरामा स्थानीयले समातेर प्रहरीलाई बुझाएका छन् । बागलुङ बसपार्कनजिकैबाट स्थानीयलाई एक कैदीबन्दीलाई समातेर प्रहरीलाई बुझाएका हुन् । स्थानीयले ती कैदीबन्दीलाई कुटपिटसमेत...

एक बालकलाई गोली लाग्यो

पोखरा ।
कास्की जिल्ला कारागारबाट भागेका एक जना कैदीबन्दीलाई पोखरामा स्थानीयले समातेर प्रहरीलाई बुझाएका छन् ।

बागलुङ बसपार्कनजिकैबाट स्थानीयलाई एक कैदीबन्दीलाई समातेर प्रहरीलाई बुझाएका हुन् ।

स्थानीयले ती कैदीबन्दीलाई कुटपिटसमेत गरेका छन् । हात बाँधेर स्थानीयले कैदीबन्दीलाई नियन्त्रणमा लिएका थिए । प्रहरीका अनुसार उनी घाइते अवस्थामा थिए । अहिले उनको उपचार भइरहेको छ ।

यस्तै, पोखरामै एक जना बालकलाई गोली लागेको छ । बुधबार पोखराको वडा नम्बर ४ मा करिब १४ वर्षीय एक बालकलाई गोली लागेको प्रहरीले जनाएको छ ।

उनलाई असाबधानीका कारण गोली लागेको प्रहरी स्रोतले बतायो ।

प्रकाशित मिति २०८२ भदौ २५ गते बुधबार ०५:०९
हजुरको प्रतिक्रिया