२०८३ असोज २५ गते आइतबार

संवैधानिक दायराभित्र रहेर निकास दिने प्रयास भइरहेको छः राष्ट्रपति

संवैधानिक दायराभित्र रहेर निकास दिने प्रयास भइरहेको छः राष्ट्रपति

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ भदौ २६ गते बिहीबार ०३:५०

संयमतापूर्वक मुलुकमा शान्ति सुव्यवस्था कायम गर्ने काममा सहयोग गर्न समेत उनले सबै पक्षलाई अपिल गरे ।

काठमाडौ ।
राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक दायरामा रहेर मुलुकलाई निकास दिने प्रयास भईरहेको बताएका छन् ।
विहीवार एक विज्ञप्ति जारी गर्दै उनले यस्तो जानकारी दिए । उनले देशको अहिलेको विषम परिस्थितिमा मुलुकलाई संवैधानिक दायरामा रहेर र लोकतन्त्रको संरक्षण तथा शान्ति सुव्यवस्था कसरी कायम गर्न सकिन्छ भनेर विचार विमर्श गरिररहेको उल्लेख गरे ।
आन्दोलनकारी नागरिकहरुको माग सम्बोधन गर्न छिटो भन्दा छिटो समस्याको निदानको खोजी भइरहेको पनि जानकारी दिए ।
संयमतापूर्वक मुलुकमा शान्ति सुव्यवस्था कायम गर्ने काममा सहयोग गर्न समेत उनले सबै पक्षलाई अपिल गरे ।
राष्ट्रिपति पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘आदरणीय नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु, देशको अहिलेको विषम परिस्तिथिमा मुलुकलाई संवैधानिक दायरामा रहेर कसरी निकास दिन सकिन्छ र मुलुकमा लोकतन्त्रको संरक्षण तथा शान्ति सुव्यवस्था कसरी कायम गर्न सकिन्छ भनेर म विचार विमर्श एवं हर प्रयास गर्दैछु । आन्दोलनकारी नागरिकहरुको माग सम्बोधन गर्न छिटो भन्दा छिटो समस्याको निदानको खोजी भइरहेको कुरामा विश्वस्त हुन र संयमतापूर्वक मुलुकमा शान्ति सुव्यवस्था कायम गर्ने काममा सहयोग गर्न सबै पक्षलाई अपिल गर्दछु ।’

 

प्रकाशित मिति २०८२ भदौ २६ गते बिहीबार ०३:५०
हजुरको प्रतिक्रिया