२०८३ असोज २४ गते शनिबार

अन्तरिम सरकार गठनसँगै जनजीवन सामान्य बन्दै

अन्तरिम सरकार गठनसँगै जनजीवन सामान्य बन्दै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ भदौ २८ गते शनिबार १०:२६

योसंगै जिल्ला प्रशासन कार्यालय कास्कीले शनिबारदेखि पोखरा महानगरपालिकामा निषेधाज्ञा र कफ्र्युआदेश हटाएको छ ।

पोखरामा पनि निषेधाज्ञा र कफ्र्युृ हट्यो

पोखरा।

अन्तरिम सरकार गठनसँगै देशभरको जनजीवन सामान्य बन्न थालेको छ ।

सुरक्षार्थ खटिएका नेपाली सेनाहरु अहिले सडकमा छैनन् । नेपाल प्रहरी र सशस्त्र प्रहरी बल एवं ट्राफिक प्रहरीले सडकमा सुरक्षा दिइरहेको छ ।

आम मानिसहरु कार्यालय, आवश्यक कामका लागि सडकमा निस्किन थालेका छन् भने होटल, पसलहरु खुलेका छन् ।

अन्तरिम सरकारको प्रधानमन्त्रीमा शुक्रबार राति सुशीला कार्की नियुक्त भएसँगै अवस्था सामान्य बन्दै गएको छ ।

संसद विघटन गरी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन गर्ने मिति घोषणा गरिएको छ । तर राजनीतिक दलहरुले भने संसद विघटनको विरोध गरिरहेका छन् ।

योसंगै जिल्ला प्रशासन कार्यालय कास्कीले शनिबारदेखि पोखरा महानगरपालिकामा निषेधाज्ञा र कफ्र्युआदेश हटाएको छ ।

प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माका अनुसार शनिबार बिहान ९ बजेदेखि निषेधाज्ञा र कफ्र्युको आदेश हटाइएको हो ।

प्रकाशित मिति २०८२ भदौ २८ गते शनिबार १०:२६
हजुरको प्रतिक्रिया