२०८३ असोज २५ गते आइतबार

जेन–जीको आन्दोलनका क्रममा तोडफोड र आगजनीमा संलग्न कास्कीका दुई वडा सभापतिलाई रास्वपाले ग¥यो कारवाही

जेन–जीको आन्दोलनका क्रममा तोडफोड र आगजनीमा संलग्न कास्कीका दुई वडा सभापतिलाई रास्वपाले ग¥यो कारवाही

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ भदौ ३० गते सोमबार ०३:४३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीमा संलग्न भएको आरोपमा कास्कीका दुई वडा सभापतिलाई निलम्बन गरेको छ । पार्टीको गण्डकी प्रदेश अनुशासन आयोगले तोडफोड र आगजनीमा संलग्न भएका पोखरा...

काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीमा संलग्न भएको आरोपमा कास्कीका दुई वडा सभापतिलाई निलम्बन गरेको छ ।

पार्टीको गण्डकी प्रदेश अनुशासन आयोगले तोडफोड र आगजनीमा संलग्न भएका पोखरा महानगरपालिका–१० का वडा सभापति चन्द्रबहादुर थापा र मादी गाउँपालिका–६ का वडा सभापति भोजराज पौडेललाई निलम्बन गरेको हो ।

थापा र पौडेल विभिन्न अवान्छित क्रियाकलापमा संलग्न भएको सामाजिक सञ्जालमार्फत देखिएकाले उनीहरुलाई जिम्मेवारीबाट निलम्बन गरिएको प्रदेश अनुशासन आयोग प्रमुख योगेन्द्र केसीले जानकारी दिए । अर्काे निर्णय नहुन्जेलसम्म उनीहरु निलम्बनमा रहनेछन् ।

प्रकाशित मिति २०८२ भदौ ३० गते सोमबार ०३:४३
हजुरको प्रतिक्रिया