२०८३ साउन २१ गते बिहीबार

सार्वजानिक तथा व्यक्तिगत सम्पत्तिमाथि क्षति गर्नु अपराध हो, देशलाई नष्ट गर्ने काम नगरौँः गृहमन्त्री अर्याल

सार्वजानिक तथा व्यक्तिगत सम्पत्तिमाथि क्षति गर्नु अपराध हो, देशलाई नष्ट गर्ने काम नगरौँः गृहमन्त्री अर्याल

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ भदौ ३१ गते मंगलबार ०३:४३

काठमाडौं । गृह एवं कानून, न्याय तथा संसदीय मामिलामन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनका क्रमममा आगजानी भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको अनुगमन गरेका छन्। गृहमन्त्री अर्यालले मंगलवार उक्त कार्यालयको अनुगमन...

काठमाडौं ।
गृह एवं कानून, न्याय तथा संसदीय मामिलामन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनका क्रमममा आगजानी भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको अनुगमन गरेका छन्। गृहमन्त्री अर्यालले मंगलवार उक्त कार्यालयको अनुगमन गरेका हुन्। कार्यालयको अनुगमन गर्दै उनले देशलाई नष्ट गर्ने काम कसैले गर्न नहुने बताए। सार्वजनिक तथा व्यक्तिगत सम्पत्तिमाथि क्षति गर्नु अपराध भएको उनको भनाई छ। उनले हाल भएको क्षतिलाई व्यहोर्दै अगाडि बढ्ने समेत उल्लेख गरे। उनले तत्काललाई भौतिक पुनः निर्माण भन्दा पनि आचरण र पद्धतिको पुनः निर्माण गर्ने बताए। उनले जतिसुकै कठिन भएपनि ब्यहोर्नुपर्ने उल्लेख गर्नुहुँदै त्यहीबाट उठ्ने बताए।
उनले क्षतिग्रस्त भएको कार्यालयको मूल्याङ्कनको लागि कार्यदल बनाउने जानकारी दिए। सोही कार्यदलको प्रतिवेदनको आधारमा बजेट छुट्याएर पुनःनिर्माण गर्ने उनको भनाई छ। उनले केही भवनलाई मर्मत मात्रै गरे पुग्ने देखिएको र केहीको भत्काएर पुनः निर्माण गर्नुपर्ने देखिएको बताए।
उनले क्षतिग्रस्त सबै संरचनाहरूको राष्ट्रिय योजना आयोग, विपद् व्यवस्थापन प्राधिकरण र अर्थ मन्त्रालयसँग छलफल गरेर पुनः निर्माण गर्ने जानकारी दिए।

प्रकाशित मिति २०८२ भदौ ३१ गते मंगलबार ०३:४३
हजुरको प्रतिक्रिया