२०८३ साउन २१ गते बिहीबार

क्षतिग्रस्त भवनहरु प्राविधिक परीक्षण नगरी प्रयोग नगर्नु : विपद् जोखिम न्यूनीकरण प्राधिकरण

क्षतिग्रस्त भवनहरु प्राविधिक परीक्षण नगरी प्रयोग नगर्नु : विपद् जोखिम न्यूनीकरण प्राधिकरण

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असोज ७ गते मंगलबार ०९:०८

परीक्षण बिनै रंगरोगन गरी प्रयोग गर्दा झन् जोखिम हुनसक्ने भएकाले प्राविधिक परीक्षणबाट उपयुक्त छ भन्ने यकिन भएपछि मात्रै प्रयोग गर्न अनुरोध गरिएको प्राधिकरणका प्रवक्ता शान्ति महतले जानकारी दिइन् ।

पोखरा ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जेनजी प्रदर्शनमा क्षतिग्रस्त भवनको प्राविधिक परीक्षण नगरी प्रयोग नगर्न सबैमा अनुरोध गरेको छ ।

परीक्षण बिनै रंगरोगन गरी प्रयोग गर्दा झन् जोखिम हुनसक्ने भएकाले प्राविधिक परीक्षणबाट उपयुक्त छ भन्ने यकिन भएपछि मात्रै प्रयोग गर्न अनुरोध गरिएको प्राधिकरणका प्रवक्ता शान्ति महतले जानकारी दिइन् ।

उनले बढी क्षति भएका संरचनाको भने संरचनात्मक अवस्था मूल्यांकन नगरी रंगरोगन नगर्न र नगराउन पनि अनुरोध गरिएको बताइन् ।

बढी क्षति भएका भवनको संरचनात्मक अवस्था मूल्यांकन नगरी रंग रोगनसमेत नगर्न÷नगराउन प्राधिकरणले सूचनामार्फत् आग्रह गरेको छ ।

प्रहरीको प्रारम्भिक विवरणमा जेनजी प्रदर्शनमा ६०० भन्दा बढी भवन पूर्णरूपमा जलेर नष्ट भएको छभने एक हजार ५०० बढी भवनमा आंशिक क्षति पुगेको छ ।

प्राधिकरणले क्षतिको मूल्यांकनका लागि प्रारुप तयार पार्न सरोकारवाला निकायको सहभागितामा समिति गठन गरेर काम थालिसकेको जनाएको छ ।

प्रकाशित मिति २०८२ असोज ७ गते मंगलबार ०९:०८
हजुरको प्रतिक्रिया