सुमना श्रेष्ठलाई पार्टीमा फिर्ता बोलाउनका लागि कार्यदल नबनाइएको स्पष्टोक्ति
काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नख्खु कारागारबाट पार्टी सभापति रवि लामिछाने निस्किएको प्रकरणलगायतको छानबिन गर्न समिति बनाउने निर्णय गरेको छ ।
बुधबार बसेको केन्द्रीय समिति बैठकले समिति गठन गर्ने निर्णय गरेको हो ।
यस्तै रास्वपाले छानबिन प्रतिवेदन नआउँदासम्म तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङलाई राजनीतिक क्रियाकलापमा सहभागी हुन बन्देज लगाउन पनि सरकारसँग माग पनि गरेको छ ।
यस्तै रास्वपाले उच्च सार्वजनीक ओहदामा बसेकाहरुको सम्पत्ति छानबिनको पनि माग गरेको छ ।
यस्तै नेताका घरमा भेटिएको अवैध सम्पत्तिको पनि छानबिनको माग गरिएको छ । त्यस्तै रास्वपाका कार्यवाहक अध्यक्ष डोलप्रसाद अर्यालले नेतृ सुमना श्रेष्ठलाई पार्टीमा फिर्ता बोलाउनका लागि कार्यदल नबनाएको स्पष्ट पारेका छन् ।
कार्यवाहक सभापति अर्यालले श्रेष्ठले दिएको राजीनामा आफूले स्वीकृत गरेको र पार्टी केन्द्रिय समिति बैठकले अनुमोदन गरेको उल्लेख गरे ।
कार्यवाहक सभापति अर्यालले पार्टी भित्र कुनै फरक मत नरहेको पनि दोहो¥याए ।
प्रकाशित मिति २०८२ असोज ९ गते बिहीबार ०९:२१




