२०८३ साउन २१ गते बिहीबार

पोखरामा रक्तदान, ६५ युनिट रगत संकलन

पोखरामा रक्तदान, ६५ युनिट रगत संकलन

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असोज ९ गते बिहीबार ११:२७

लायन्स क्लब अफ पोखरा समर्पणका अध्यक्ष लायन अम्बु कर्मचार्यले क्लबले सामाजिक उत्तरदायित्व अनुरुप स्वास्थ्य, शिक्षा र सेवामुखी कार्यक्रमलाई निरन्तरता दिँदै आएको बताइन् ।

पोखरा ।

लायन्स क्लब अफ पोखरा समर्पण र लायन्स क्लब अफ पोखरा सहयात्रीको संयुक्त आयोजनामा पोखरामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा ६५ युनिट रगत संकलन गरिएको आयोजक जनाएको छ ।

कार्यक्रमका प्रमुख अतिथि लायन सुरेश श्रेष्ठले रक्तदान जीवनदान हुने भएकाले यस्ता अभियानले समाजमा ठूलो योगदान पुग्ने उल्लेख गरे ।

रक्तदान स्वास्थ्यका दृष्टिले समेत लाभदायी हुने भएकाले नियमित रक्तदान गर्न उनले सबैलाई आह्वान गरे ।

लायन्स क्लब अफ पोखरा समर्पणका अध्यक्ष लायन अम्बु कर्मचार्यले क्लबले सामाजिक उत्तरदायित्व अनुरुप स्वास्थ्य, शिक्षा र सेवामुखी कार्यक्रमलाई निरन्तरता दिँदै आएको बताइन् ।

कार्यक्रममा क्लबका पदाधिकारी, सदस्य र स्थानीयवासीको सहभागिता थियो ।

प्रकाशित मिति २०८२ असोज ९ गते बिहीबार ११:२७
हजुरको प्रतिक्रिया