२०८३ असोज २५ गते आइतबार

सरकार राजनीतिक प्रतिशोधमा उत्रियोः एमाले

सरकार राजनीतिक प्रतिशोधमा उत्रियोः एमाले

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असोज १३ गते सोमबार ०९:१३

उनले भने, ‘सरकार राजनीतिक प्रतिशोधमा जान खोजेको संकेत देखेका छौँ । यत्रो लामो समयसम्म इतिहास बनाएका राजनीतिक दलहरुलाई पन्छाएर मात्रै होइन, उनीहरुलाई निषेध गरेर जाने खालका कतिपय क्रियाकलाप देखेका छौँ । सरकार बनेको दुई हप्ता बित्दा समेत मुख्य राजनीतिक दलहरुसँग सम्पर्क, संवाद, समन्वय केही देखिँदैन । यि सबै घटनाक्रमप्रति गम्भीर छौँ ।’

काठमाडौं ।

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सरकार राजनीतिक प्रतिशोधमा गएको बताएका छन् ।

आईतबार गुण्डुमा बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले लामो इतिहास बनाएका राजनीतिक दलहरुलाई पन्छाएर सरकार अघि बढिरहेको बताए ।

उनीहरुलाई निषेध गरेर जाने खालका कतिपय क्रियाकलाप देखिएको उनको भनाइ छ ।

सरकार बनेको दुई हप्ता बित्दा समेत मुख्य राजनीतिक दलहरुसँग सम्पर्क, संवाद, समन्वय नगरिएको भन्दै उनले आपत्ति जनाए ।

उनले भने, ‘सरकार राजनीतिक प्रतिशोधमा जान खोजेको संकेत देखेका छौँ । यत्रो लामो समयसम्म इतिहास बनाएका राजनीतिक दलहरुलाई पन्छाएर मात्रै होइन, उनीहरुलाई निषेध गरेर जाने खालका कतिपय क्रियाकलाप देखेका छौँ । सरकार बनेको दुई हप्ता बित्दा समेत मुख्य राजनीतिक दलहरुसँग सम्पर्क, संवाद, समन्वय केही देखिँदैन । यि सबै घटनाक्रमप्रति गम्भीर छौँ ।’

उनले सबै घटनाक्रम गम्भीर रहेको समेत बताए ।

प्रकाशित मिति २०८२ असोज १३ गते सोमबार ०९:१३
हजुरको प्रतिक्रिया