२०८३ असोज २४ गते शनिबार

मनसुनी प्रणाली थप सक्रिय बन्दै, उच्च सतर्कता अपनाउन अनुरोध

मनसुनी प्रणाली थप सक्रिय बन्दै, उच्च सतर्कता अपनाउन अनुरोध

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असोज १८ गते शनिबार ०९:०३

अरब सागर र बंगालको खाडीमा उत्पन्न भएको मनसुनी वायु आजदेखि थप सक्रिय रहने मौसमविद्ले पूर्वानुमान गरेका छन् ।
आज र भोलि केही ठाउँमा आरीघोप्टे वर्षाको सम्भावना रहेको र पर्सि सोमबारदेखि मौसम क्रमिक रुपमा सुधार हुने महाशाखाले जनाएको छ ।

पोखरा ।

आज र भोलि मनसुनी वायु बढी सक्रिय हुँदा देशका केही ठाउँमा आरीघोप्टे वर्षाको सम्भावना रहेको भन्दै मौसम पूर्वानुमान महाशाखाले उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।

मनसुनी वायु थप सक्रिय भएकोले देशका धेरैजसो ठाउँमा बदली भएर सहित गण्डकी, बागमती, मधेश र लुम्बिनी प्रदेशका केही क्षेत्रमा अहिले पानी परिरहेको छ ।

महाशाखाले मौसमी बुलेटिनमार्फत आउँदो २४ घण्टामा कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका केही ठाउँ तथा लुम्बिनी प्रदेशका तराई भू–भागका एक–दुई ठाउँमा आरीघोप्टे वर्षाको सम्भावना रहेको जनाएको छ ।

अरब सागर र बंगालको खाडीमा उत्पन्न भएको मनसुनी वायु आजदेखि थप सक्रिय रहने मौसमविद्ले पूर्वानुमान गरेका छन् ।

आज र भोलि केही ठाउँमा आरीघोप्टे वर्षाको सम्भावना रहेको र पर्सि सोमबारदेखि मौसम क्रमिक रुपमा सुधार हुने महाशाखाले जनाएको छ ।

यसैबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले सूचना निकालेर सोमबारसम्म विभिन्न ठाउँमा बाढी–पहिरोको जोखिम बढ्ने भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

विशेषगरी मधेश प्रदेशको तराई, नारायणी, बागमती, कोशी र कर्णाली नदी क्षेत्र, काठमाडौं उपत्यका र पूर्वी तराईमा उच्च जोखिम रहेको प्रधानमन्त्री कार्यालयको सूचनामा उल्लेख छ ।

विज्ञप्तिमा काठमाडौं उपत्यकासहित काभ्रे, सिन्धुपाल्चोक, रसुवा, चितवन, संखुवासभा, ताप्लेजुङ, इलाम, झापा र मोरङ, बारा, पर्सा, रौतहट, सर्लाही र आसपासका जिल्लामा बढी सतर्कता आबश्यक रहेको भनिएको छ ।

त्यस्तै जल तथा मौसम विज्ञान विभाग अन्तर्गत बाढी पूर्वानुमान् महाशाखाले आजदेखि मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको क्षेत्रका नदीहरूमा बहाव बढ्न सुरु हुने पूर्वानुमान गरेको छ ।

आज दिउँसोदेखि सबै प्रमुख नदीहरूमा पानीको बहाव बढ्न सुरु हुने जनाइएको छ ।

आज राति नवलपरासी पश्चिम, नवलपरासी पूर्व, तनहुँ, लम्जुङ, गोरखा, धादिङ, चितवन, मकवानपुर, बारा, पर्सा, रौतहट, सर्लाही, काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुली र आसपासका जिल्लाहरू भई बहने स–साना नदीनालाहरूमा आकस्मिक बाढीको जोखिम रहेको छ ।

यस्तै भोलि बिहानदेखि बेलुकासम्मको अवधिमा नारायणी, कालीगण्डकी, सेती, मादी, मस्र्याङ्दी, दरौँदी, त्रिशूली, पूर्वी राप्ती, बागमती, कमला र आसपासका नदीहरू तथा तिनका शाखा नदीहरूमा बहाव उल्लेख्य रुपमा बढ्ने र सतर्कताको तह आसपास पुग्न सक्नेछ ।

भोलि रातिदेखि प्रणाली बिस्तारै पूर्वतर्फ सर्दै जाने र कोशी, कन्काईलगायत नदी जलाधारका क्षेत्रमा समेत बहाव उल्लेख्य बढ्न सक्ने बताइएको छ ।

प्रकाशित मिति २०८२ असोज १८ गते शनिबार ०९:०३
हजुरको प्रतिक्रिया