२०८३ साउन २१ गते बिहीबार

पहिरोमा परेर इलाममा २ जनाको मृत्यु, १५ जनाभन्दा बढी बेपत्ता

पहिरोमा परेर इलाममा २ जनाको मृत्यु, १५ जनाभन्दा बढी बेपत्ता

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असोज १९ गते आइतबार ०९:१२

इलामका प्रमुख जिल्ला अधिकारी सुनिता नेपालका अनुसार बेपत्ता र मृतकको आधिकारिक संख्या भने आई सकेको छैन् ।
इलाममा बिहानबाट पानी रोकिएको छ ।

काठमाडौं ।

निरन्तरको वर्षाका कारण आएको बाढी पहिरोमा परेर इलाममा २ जनाको मृत्यु भएको छ ।

त्यस्तै पहिरोमा परि १५ जनाभन्दा बढी बेपत्ता भएका छन् ।

इलाम नगरपालिका–६ घोसमा डम्बरबहादुर पाख्रिनको घर पहिरोले पुर्दा २ जनाको मृत्यु भएको हो । घरमा रहेका ३ जना बेपत्ता भएको बताइएको छ ।

पहिरोले पुरेर घाइते भएका २ जनालाई उपचारका लागि अस्पताल लगिएको छ ।

प्रहरी घटनास्थलमा पुगेकाले उद्धारको काम भइरहेको प्रहरीले जनाएको छ ।

घर माथिबाट खसेको पहिरोका कारण इलामको माइजोगमाई गाउँपालिका–६ का बर्मालाल सोग्मीका पाँच जना परिवारका सदस्य पहिरोमा परेर बेपत्ता भएका छन् ।

माथिबाट खसेको पहिरोको कारण उनीहरू रातिबाट सम्पर्कविहीन बनेका हुन् । त्यस्तै इलामको मांसेबुंग गाउँपालिका–१ मा बाढीले पुल बगाएको छ ।

मांसेबुंगमा पनि पहिरोले पुर्दा ५ जना हराएका छन् । इलामका प्रमुख जिल्ला अधिकारी सुनिता नेपालका अनुसार बेपत्ता र मृतकको आधिकारिक संख्या भने आई सकेको छैन् ।

इलाममा बिहानबाट पानी रोकिएको छ । पानी रोकिएपछि उद्धारको कार्य जारी रहेको इलामका प्रहरी प्रमुख प्रहरी उपरीक्षक एक नारायण कोइरालाले बताए ।

प्रकाशित मिति २०८२ असोज १९ गते आइतबार ०९:१२
हजुरको प्रतिक्रिया