२०८३ असोज २५ गते आइतबार

रास्वपा सचिवालय बैठकमा कार्तिक १४ र १५ गते बस्ने विस्तारित बैठकको खाकाबारे छलफल

रास्वपा सचिवालय बैठकमा कार्तिक १४ र १५ गते बस्ने विस्तारित बैठकको खाकाबारे छलफल

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असोज २३ गते बिहीबार ०९:०६

बैठकमा सद्भाव यात्राबारे पनि छलफल भएको र शुक्रबार ११ बजेदेखि सचिवालय बैठक बस्ने पनि उनले जानकारी दिए ।
जेन-जी आन्दोलनबारे धारणा राख्ने नेपालमा भएका राजनीतिक दलहरुमध्ये रास्वपा पहिलो दल भएको दाबी उनको छ ।

काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठकमा पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफल भएको छ ।

कार्तिक १४ र १५ गते गर्ने भनिएको विस्तारिक बैठकको खाका, सहभागिताको कार्यविधि र एजेण्डाहरुबारे पनि छलफल भएको पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिए ।

उनकाअनुसार बैठकमा कार्यवाहक सभापति डोलप्रसाद अर्यालले प्रश्तुत गर्नुहुने राजनीतिक प्रतिवेदनबारे पनि छलफल भएको छ ।

नेपालभर गत हप्ता भएको विपद्जन्य क्षतिको उद्धार र सहयोगमा पार्टीले गरेको सहयोगबारे पनि छलफल भएको उनले बताए ।

बैठकमा सद्भाव यात्राबारे पनि छलफल भएको र शुक्रबार ११ बजेदेखि सचिवालय बैठक बस्ने पनि उनले जानकारी दिए ।

जेन-जी आन्दोलनबारे धारणा राख्ने नेपालमा भएका राजनीतिक दलहरुमध्ये रास्वपा पहिलो दल भएको दाबी उनको छ ।

जेन-जी आन्दोलनमा भएको दमनबारे उच्चस्तरीय न्यायिक छानविन समिति बनाएर छानविन हुनुपर्ने र कानूनअनुसार सजाय तोकिनुपर्ने पनि सो अवसरमा उनले उल्लेख गरे ।

प्रकाशित मिति २०८२ असोज २३ गते बिहीबार ०९:०६
हजुरको प्रतिक्रिया