पोखरा ।
पोखरा–१३ लालीगुराँस टोल आमा समूहको पाँचौं साधारण सभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ ।
अधिवेशनले नयाँ कार्यसमिति चयन गर्दै आगामी कार्यकालका लागि माया गुरूङको अध्यक्षतामा सर्वसम्मत रूपमा नयाँ नेतृत्व गठन गरेको छ ।
नव–निर्वाचित कार्यसमितिमा उपाध्यक्ष कञ्चन कार्की, सचिव शुशिला कार्की के.सी., कोषाध्यक्ष मन्चुली गुरूङ, सहसचिव अञ्जु पहारी सिग्देल रहेका छन् ।
त्यस्तै, सदस्यहरूमा आनन्दी रायमाझी, गंगा थापा, भगवती भूजेल र रोजिना अधिकारी चयन भएका छन् ।
कार्यक्रममा बोल्ने वक्ताहरूले आमा समूहले टोलमा सामाजिक, सांस्कृतिक र मानवसेवामूलक गतिविधिहरूमा महत्वपूर्ण योगदान दिँदै आएको उल्लेख गर्दै नयाँ समितिलाई सफल कार्यकालको शुभकामना दिएका थिए ।
सो अवसरमा बोल्दै नव-निर्वाचित अध्यक्ष माया गुरूङले समूहलाई अझ सशक्त, सक्रिय र एकताबद्ध बनाउँदै महिला सशक्तिकरणका कार्यक्रमहरू प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरिन् ।
प्रकाशित मिति २०८२ असोज २४ गते शुक्रबार १०:३६