२०८३ असोज २५ गते आइतबार

विगतको समीक्षा गरी साझा निष्कर्ष निकाल्नुपर्ने बेला भएको छ : प्रचण्ड

विगतको समीक्षा गरी साझा निष्कर्ष निकाल्नुपर्ने बेला भएको छ : प्रचण्ड

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असोज २४ गते शुक्रबार ०६:०२

अध्यक्ष प्रचण्डले राष्ट्रिय स्वाधीनतामा यति ठूलो विदेशी हस्तक्षेप अहिलेसम्म नभएको दाबी गरे ।

काठमाडौं ।

पूर्वप्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वाधीनतामा अहिलेको जस्तो सङ्कट विगतमा कहिल्यै नभएको बताएका छन् ।

आज ललितपुरको एक होटलमा सम्पादकहरूसँगको कुराकानीमा अध्यक्ष प्रचण्डले राष्ट्रिय स्वाधीनतामा यति ठूलो विदेशी हस्तक्षेप अहिलेसम्म नभएको दाबी गरे ।

अहिले पनि राजनीतिक सङ्कट कायम रहेको उनले बताए । प्रचण्डले अहिलेको जस्तो ठूलो दबाव नेपालले भोग्नु नपरेको जिकिर गरे ।

अहिलेको परिस्थितिले सबै राजनीतिक दल, नागरिक समाजहरू मिलेर काम गर्नुपर्ने जरुरी देखिएको उनले उल्लेख गरे । अ

ध्यक्ष प्रचण्डले विगतको समीक्षा र आउने दिनका बाटोहरूका बारेमा अधिकतम बहस र छलफल गरेर साझा निष्कर्ष निकाल्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति २०८२ असोज २४ गते शुक्रबार ०६:०२
हजुरको प्रतिक्रिया