२०८३ साउन २१ गते बिहीबार

भयरहित वातावरणमा निष्पक्ष निर्वाचन गराउने ग्यारेन्टी सरकारले लिनुपर्छः प्रकाश अधिकारी

भयरहित वातावरणमा निष्पक्ष निर्वाचन गराउने ग्यारेन्टी सरकारले लिनुपर्छः प्रकाश अधिकारी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असोज २५ गते शनिबार ०९:००

उनले राजनीतिक दलहरु निर्वाचनमा जाने तर वातावरण बनाउने कुरामा सरकार गम्भीर बन्नुपर्ने बताए । स्वच्छ वातावरणमा सरकारले निर्वाचन गराउनुपर्ने उनको भनाइ छ ।

काठमाडौं ।

जनता समाजवादी पार्टी, नेपालका नेता प्रकाश अधिकारीले भयरहित वातावरणमा निर्वाचनमा भाग लिन पाउने वातावरण सरकारले बनाउनुपर्ने बताएका छन् ।

शुक्रबार साँझ शितल निवासमा भएको सर्वदलीय बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले राजनीतिक दलहरु निर्वाचनमा जाने तर वातावरण बनाउने कुरामा सरकार गम्भीर बन्नुपर्ने बताए । स्वच्छ वातावरणमा सरकारले निर्वाचन गराउनुपर्ने उनको भनाइ छ ।

फागुन २१ गतेको निर्वाचन भय रहित बनाउनुपर्ने कुरा सबै राजनीतिक दलहरुको राय रहेको तर सरकारले निष्पक्ष निर्वाचन हुन्छ भन्ने ग्यारेन्टी दिन सक्नुपर्ने पनि उनले उल्लेख गरे ।

प्रकाशित मिति २०८२ असोज २५ गते शनिबार ०९:००
हजुरको प्रतिक्रिया