२०८३ साउन २१ गते बिहीबार

देउवालाई शशांकले भने: तत्काल कार्यवाहक सभापति तोक्नुस्

देउवालाई शशांकले भने: तत्काल कार्यवाहक सभापति तोक्नुस्

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असोज २५ गते शनिबार ०५:४३

मंसिरसम्ममा पार्टीको नियमित महाधिवेशनको मिति तय हुने विश्वास समेत व्यक्त गरे ।

काठमाडौं ।

नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले केन्द्रीय कार्य समिति तत्काल विघटन गर्न पार्टी सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन् ।

शनिवार पार्टी मुख्यालय सानेपामा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले सभापति देउवालाई कार्यबाहक सभापतिको जिम्मेवारी तोक्न पनि सुझाव दिए ।

नेता कोइरालाले आगामी मंसिरमा पार्टीको नियमित महाधिवेशन गर्नुपर्ने भएकाले देउवाले कार्यवाहक सभापतिको जिम्मेवारी अरुलाई दिएर महाधिवेशनको मिति तय गर्ने वातावरण बनाउनुपर्ने बताए ।

मंसिरसम्ममा पार्टीको नियमित महाधिवेशनको मिति तय हुने विश्वास समेत व्यक्त गरे ।

‘विशेष महाधिवेशन होइन कि नियमित महाधिवेशन गर्नुपर्छ । मैले शेरबहादुरजीलाई भने– यो मेरो व्यक्तिगत विचार हो । मैले उहाँलाई के भने भने तपाई विघटन गर्नुस्,’ उनले भने, ‘एक जनालाई कार्यवाहक सभापति दिनुस् ।

उनले गठन गर्दछन् । र उनले मिति तय गर्दछन् । मलाई लाग्दछ–मंसिरसम्ममा मिति तय होला भन्ने मेरो भावना हो ।’

प्रकाशित मिति २०८२ असोज २५ गते शनिबार ०५:४३
हजुरको प्रतिक्रिया