२०८३ साउन २१ गते बिहीबार

मंसिर १८ भित्र महाधिवेशनको मिति तोकिसक्न लिङदेनलाई राप्रपा जबरा पक्षको अल्टिमेटम

मंसिर १८ भित्र महाधिवेशनको मिति तोकिसक्न लिङदेनलाई राप्रपा जबरा पक्षको अल्टिमेटम

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असोज २६ गते आइतबार ०६:०५

पार्टीको केन्द्रिय समितिको बैठक गत माघदेखि बस्न सकेको छैन ।

काठमाडौं

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री डा. धवल शमशेर ज.ब.र.ाले मंसिर १८ गतेभन्दा अगाडी नै महाधिवेशनको मिति तोकिसक्न पार्टी अध्यक्ष राजेन्द्र लिङदेनलाई अल्टिमेटम दिएका छन् ।

काठमाडौंमा आईतवार जबरा पक्षधर नेताहरुको भेलापछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै महामन्त्री जबराले मंसिर १८ भित्र महाधिवेशनको मिति तोकिसक्न अल्टिमेटम दिएको बताएका हुन् । महामन्त्री जबराले महाधिवेशन गर्न दबाब दिने उद्देश्यले बैठक बोलाएका थिए । उनले वर्तमान कार्यसमितिको चार वर्ष कार्यकाल मंसिरको १८ गते सकिने भएकोले सो भन्दा अगाडी नै महाधिवेशनको मिति तोक्नुपर्ने बताए ।

मंसिरमा महाधिवेशन नगरे वर्तमान कार्यसमिति अवैध हुने उनको भनाई छ । आईतवार बसेको भेलाले महाधिवेशनको मिति तोक्नुपर्ने, कारबाहीमा परेकाहरुको कारबाही फुकुवा हुनुपर्ने र पार्टीमा एकता कायम गर्नुपर्ने निष्कर्ष निकालेको महामन्त्री जबराले जानकारी दिए ।

भेलाले देशमा भइरहेको वर्तमान परिस्थितिमा पार्टीको एजेण्डालाई अगाडी सार्नुपर्नेमा पनि जोड दिएको उनको भनाई छ । महामन्त्री जबराले संघीयता र गणतन्त्र खारेज गरेर देशलाई राजसंस्थासहितको हिन्दुराज्य बनाउनुपर्ने मागलाई अगाडी लिएर जानुपर्ने जिकिर गरे ।

उनले भने, ‘आज हाम्रो काठमाडौ उपत्यकामा भएका केन्द्रिय कार्यसमितिका सदस्य र केही महत्वपूर्ण नेताहरुलाई पार्टीको, देशको विषयमा छलफल गरेर कसरी अगाडी जाने भन्ने अनौपचारिक भेला हो । भेलाले पार्टीमा एकता कायम गरेर पार्टीको महाधिवेशन जुन मंसिरमा हुने हो, त्यो मंसिरको महाधिवेशनको मिति तय गर्ने र जुन साथीहरुलाई भएको कारबाही भएको छ, निलम्बन भएको छ । त्यस्तो कुराहरुलाई पनि पार्टीले फिर्ता लिनुपर्छ । अब महाधिवेशन र आन्दोलन कै क्रममा हामीहरु जानुपर्छ भन्ने निष्कर्षमा हामीहरु पुग्यौँ । यो केन्द्रिय कार्यसमितिको समय १८ मंसिरमा समाप्त भईरहेको छ । १८ मंसिर भन्दा पहिले हामीले महाधिवेशनको तिथिमिति तोक्नुपर्ने आवश्यकका छ । नत्र हाम्रो समिति अवैध हुन्छ ।’

राप्रपाको नियमित महाधिवेशन आउँदो मंसिरमा गरिसक्नुपर्नेछ । महाधिवेशन गर्नको लागि केन्द्रिय समितिको बैठक बोलाउन महामन्त्री जबराको समूहले दबाब दिन थालेको हो ।

पार्टीको केन्द्रिय समितिको बैठक गत माघदेखि बस्न सकेको छैन ।

प्रकाशित मिति २०८२ असोज २६ गते आइतबार ०६:०५

हजुरको प्रतिक्रिया