२०८३ साउन २१ गते बिहीबार

अध्यक्ष पद छोड्न तयार छुः प्रचण्ड

अध्यक्ष पद छोड्न तयार छुः प्रचण्ड

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ कात्तिक २ गते शनिबार ०८:०५

सोही आवाजप्रति लक्षित गर्दै उनले देश बचाउनको लागि आफूले जस्तोसुकै बलिदान गर्न पनि तयार रहेको जिकिर गरे ।

काठमाडौं ।

नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहालले अध्यक्ष पद छोड्न तयार रहेको बताएका छन् ।

अखिल नेपाल ट्रेड युनियन महासंघले शनिवार आयोजना गरेको कार्यक्रममा संयोजक दाहालले अध्यक्ष पद छोड्न तयार रहेको बताएका छन् । उनले अध्यक्ष पद आफ्नो लागि समान्य भइसकेको दाबी गरे । माओवादीमा दाहालले नेतृत्व छाड्नुपर्ने आवाज उठ्न थालेको छ ।

सोही आवाजप्रति लक्षित गर्दै उनले देश बचाउनको लागि आफूले जस्तोसुकै बलिदान गर्न पनि तयार रहेको जिकिर गरे । अरुलाई पनि त्याग गर्नको लागि तयार रहन उनले आग्रह गरे । पार्टी कार्यकर्ताहरुलाई विचलिन नहुन पनि संयोजक दाहालले आग्रह गरे । उनले वृहत वामपन्थी एकता आवश्यक रहेको औल्याए ।

उनले संघिय लोकतान्त्रिक गणतन्त्र र यसमार्फत जनताका मुद्दा सफल पार्न वृहत वामपन्थी एकताको आवश्यकत्ता रहेको उल्लेख गरे । समाजवादी मोर्चामा आवद्धहरु छिट्टै एकता घोषणाको तयारीमा रहेको पनि उनले जानकारी दिए ।

देशको रक्षाको निम्ति, राष्ट्रिय स्वाधिनता रक्षा र सुढृडिकरको निम्ति देशभित्रका सबै वामपन्थीहरु मिल्नुको विकल्प नभएको संयोजक दाहालको भनाई छ । संयोजक दाहालले वामपन्थीशक्तिसँगै देशभक्त लोकतान्त्रिक शक्तिहरुसँग पनि मोर्चाबन्दी गर्ने बताएका छन् ।

प्रकाशित मिति २०८२ कात्तिक २ गते शनिबार ०८:०५
हजुरको प्रतिक्रिया