२०८३ असोज २४ गते शनिबार

पश्चिमी वायु र न्यून चापीय प्रणालीको प्रभाव कायमै

पश्चिमी वायु र न्यून चापीय प्रणालीको प्रभाव कायमै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ कात्तिक १७ गते आइतबार ०९:०७

पाेखरा । नेपालमा हाल पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा साधरणतया रही बाँकी प्रदेशमा आंशिक बदली छ । आज...

काेशी, बागमती र गण्डकीमा वर्षाको सम्भावना

पाेखरा ।
नेपालमा हाल पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

जसको प्रभावले हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा साधरणतया रही बाँकी प्रदेशमा आंशिक बदली छ ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा साधरणतया बदली रही मधेस प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ ।

आज राति कोशी प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी प्रदेशमा मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी र हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ।

प्रकाशित मिति २०८२ कात्तिक १७ गते आइतबार ०९:०७
हजुरको प्रतिक्रिया