२०८३ असोज २५ गते आइतबार

कांग्रेसको केन्द्रीय कार्य समिति बैठक आज

कांग्रेसको केन्द्रीय कार्य समिति बैठक आज

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ कात्तिक १७ गते आइतबार ०९:२२

शुक्रबार इतरपक्षका नेताहरु पुसमा महाधिवेशन गर्ने विषयमा एक मतसहित बैठकमा प्रस्तुत हुने तयारी गरे पनि कार्यवाहक सभापति पूर्णबहादुर खड्काले कार्यतालिका प्रस्ताव गर्न नदिने भएपछि बैठक स्थगित भएको थियो ।

पोखरा ।

नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठक आज बस्दैछ ।

महाधिवेशन कार्यतालिकाको विषयलाई लिएर विवाद बढेपछि शुक्रबार स्थगित भएको बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको हो ।

त्यसअघि बिहीबारको बैठकमा महाधिवेशनको कार्यतालिका प्रस्ताव गर्न नपाउने भएपछि महामन्त्री गगन थापाले बैठक बहिस्कार गरेका थिए ।

शुक्रबार इतरपक्षका नेताहरु पुसमा महाधिवेशन गर्ने विषयमा एक मतसहित बैठकमा प्रस्तुत हुने तयारी गरे पनि कार्यवाहक सभापति पूर्णबहादुर खड्काले कार्यतालिका प्रस्ताव गर्न नदिने भएपछि बैठक स्थगित भएको थियो ।

आजको बैठकमा भने संस्थापन र इतर दुवै पक्ष महाधिवेशनका लागि मध्यमार्गी प्रस्तावसहित बैठकमा प्रस्तुत हुने तयारीमा छन् ।

आजको बैठकमा महाधिवेशन, निर्वाचन तयारी लगायतका विषयमा छलफल हुने र केही प्रस्तावहरु पेश हुन सक्ने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

कांग्रेसको केन्द्रीय कार्य समिति बैठक असोज २८ गते सुरु भएको हो ।

प्रकाशित मिति २०८२ कात्तिक १७ गते आइतबार ०९:२२
हजुरको प्रतिक्रिया