२०८३ साउन २१ गते बिहीबार

राष्ट्रिय एकता र गणतन्त्रात्मक व्यवस्थाको रक्षा पार्टीको मुख्य कार्यभारः माधव नेपाल

राष्ट्रिय एकता र गणतन्त्रात्मक व्यवस्थाको रक्षा पार्टीको मुख्य कार्यभारः माधव नेपाल

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ कात्तिक २१ गते बिहीबार ०८:५२

नेपालले आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरणका लागि नयाँ पुस्तालाई उत्तरदायी र सुसंस्कृत बनाउने आवश्यकता रहेको उल्लेख गर्दै आफूहरु सो बाटोमा अघि बढ्न जरुरी रहेको उल्लेख गरे ।

काठमाडौं ।

देशलाई अघि बढाउन अझ सुन्दर र परिमार्जित संविधान बनाउन पार्टी तयार रहेको बताएका छन् ।

बुधबार काठमाडौंमा आयोजित पार्टीको एकता राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै सो दाबी गरेका हुन् ।

उनले राष्ट्रिय एकताको रक्षा, संविधान संशोधन र गणतन्त्रात्मक व्यवस्थाको सुरक्षा पार्टीको अहिलेको मुख्य कार्यभार भएको पनि बताए ।

नेपालले आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरणका लागि नयाँ पुस्तालाई उत्तरदायी र सुसंस्कृत बनाउने आवश्यकता रहेको उल्लेख गर्दै आफूहरु सो बाटोमा अघि बढ्न जरुरी रहेको उल्लेख गरे ।

उनले भने, ‘हामी देशलाई अघि बढाउनको लागि अझै सुन्दर र परिमार्जित संविधान बनाउनको लागि तयार छौं । यस समयमा हामी सामु अनेक अभिभाराहरु रहेका छन् । राष्ट्रियताको रक्षाको अभिभारा, संविधान संशोधनको अभिभारा, संविधान संशोधन गर्ने अभिभारा, व्यवस्था जोगाउने अभिभारा र यो मुलुक राम्रो दिशामा अगाडि बढोस् भन्ने हिसावले समाजको आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरण हुन सकोस् । नयाँ पुस्ताका व्यक्तिहरु सुसंस्कृत पनि होउन् ।

उत्तरदायी भएर अगाडि बढुन् त्यस हिसावले उनीहरुलाई हामीले तयार गर्नुपर्ने पनि आवश्यकता छ ।’

आसन्न प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्न अन्तरिम सरकारलाई सघाउने प्रतिवद्धता समेत उनले व्यक्त गरे ।

प्रकाशित मिति २०८२ कात्तिक २१ गते बिहीबार ०८:५२
हजुरको प्रतिक्रिया