२०८३ साउन २१ गते बिहीबार

खारपानीका बालबालिकाहरुलाई न्यानो कपडा, स्टेशनरी र शैक्षिक सामग्री वितरण

खारपानीका बालबालिकाहरुलाई न्यानो कपडा, स्टेशनरी र शैक्षिक सामग्री वितरण

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ मंसिर ४ गते बुधबार ०२:११

जाडोयामको प्रारम्भसँगै विद्यार्थीहरूको शैक्षिक उन्नति र सामाजिक कल्याणमा योगदान पु¥याउने उद्देश्यले सो सामाग्री वितरण गरिएको हो ।

पोखरा ।

इनर ह्वील क्लब अफ पोखराले माछापुच्छ्रे गाउँपालिका २, खेम्राङ र माछापुच्छ्रे गाउँपालिका १, खारपानीका बालबालिकाहरुलाई न्यानो कपडा, स्टेशनरी र शैक्षिक सामग्री वितरण गरेको छ ।

जाडोयामको प्रारम्भसँगै विद्यार्थीहरूको शैक्षिक उन्नति र सामाजिक कल्याणमा योगदान पु¥याउने उद्देश्यले सो सामाग्री वितरण गरिएको हो ।

कार्यक्रमको संयोजन इनर ह्वील क्लब अफ पोखराका नव निर्वाचित अध्यक्ष रेश्मा वैद्यले गरेकी थिइन् । सो अवसरमा वैद्यले यस कार्यको महत्व र उद्देश्यका बारेमा आफ्नो विचार व्यक्त गर्दै सबै एकजुट भइ यो महत्वपूर्ण कार्यमा सहभागी भएकोमा गर्व महशुस गरेको बताइन् ।

उनले भनिन्, “जाडो मौसम सुरु भइसकेको र हामीले यी बालबालिकाहरूलाई सानो सहयोग दिएर उनीहरूको जीवनमा केही हर्ष र खुशी ल्याउने प्रयास गरेका छौं । यस कार्यबाट हामी देखाउन चाहन्छौं कि सानो सहयोगले पनि कसैको जीवनमा ठूलो परिवर्तन ल्याउन सक्छ ।“

कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष सोनु सग्देलले क्लबको स्थापना उद्देश्य र कार्यहरूलाई उजागर गर्दै सबैलाई सेवा र सहयोगको मार्गमा अघि बढ्नका लागि प्रेरित गर्ने क्लबको मर्मलाई निरन्तरता दिन सहयोग पुर्याउने सबैलाई धन्यवाद दिए ।

कार्यक्रमका प्रमुख अतिथि बाराही आश्रमका प्रमुख रामप्रसाद आचार्यले यस प्रकारको कार्यक्रमले समाजका असहाय र कठिन परिस्थितिमा रहेका बालबालिकाहरुलाई सहयोग पु¥याउन महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।

क्लबको समर्पण र योगदानको कदर गर्दै भविष्यमा पनि यस्ता कार्यहरू निरन्तर गर्नुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा अन्नपुर्ण आश्रमका प्रमुख भमी तामाङ र श्री कृष्ण महादेव आश्रमका प्रमुख गिरिधारी लम्सालले कार्यक्रमको सराहना गर्दै आफूहरूले सहयोगी हातहरू प्रदान गरेर समाजको भलाईका लागि काम गरिरहेको बताए ।

अप्ठ्यारो परिस्थितिमा रहेका बालबालिकाहरुलाई सहयोग गर्न पाउँदा गर्व महशुस भएको भन्दै क्लबका अध्यक्ष बन्दु के.सी.ले आभार व्यक्त गरे ।

कार्यक्रममा ७० भन्दा बढी विद्यार्थीलाई न्यानो कपडा, स्टेशनरी र शैक्षिक सामग्री वितरण गरिएको थियो ।

 

प्रकाशित मिति २०८२ मंसिर ४ गते बुधबार ०२:११
हजुरको प्रतिक्रिया