२०८३ असोज २५ गते आइतबार

सरकारले मुलुकमा घृणा र द्धेष फैल्याउने काम गरिरहेको छः ओली

सरकारले मुलुकमा घृणा र द्धेष फैल्याउने काम गरिरहेको छः ओली

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ मंसिर ७ गते शनिबार ०७:१६

अध्यक्ष ओलीले वर्तमान सरकार असंवैधानिक भएकाले त्यसको विरोध गर्नुपरेको पनि बताएका छन् ।

काठमाडौं ।

नेकपा (एमाले)का अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले सुशासनको नाममा मुलुकमा घृणा र द्वेष फैल्याउने काम गरिरहेको आरोप लगाएका छन् ।

शनिवार पार्टीद्वारा काठमाडौंमा आयोजित जनप्रर्दशन तथा जनसभा कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले वर्तमान सरकारले काम गर्न नसकेको र भ्रष्टाचारमा चुर्लुम्म डुबेको जिकिर समेत गरे । सरकारले जेनजीको नाममा केहीलाई बोलाएर सामाजिक अराजकता निम्त्याउने काम गरिरहेको समेत अध्यक्ष ओलीले उल्लेख गरे ।

अध्यक्ष ओलीले भने, ‘काम गर्न नसक्ने भ्रष्टाचारमा लसक्क डुबेको यो सरकार नक्कली सरकार, यो सरकारले जेनजीका नाममा केही मानिसहरुलाई बोलाएर आफैँले तयार गरेका मागहरु प्रश्तुत गर्न लगाएर, आफैँले आफ्नो विरोध गर्ने आफूलाई दबाब दिने वातावरणका लागि तालिम लिएर मान्छे बोलाएर सुशासनका नाममा घृणा र द्वेष फैलाउने काम गरिरहेको छ ।’

अध्यक्ष ओलीले वर्तमान सरकार असंवैधानिक भएकाले त्यसको विरोध गर्नुपरेको पनि बताएका छन् ।

 

प्रकाशित मिति २०८२ मंसिर ७ गते शनिबार ०७:१६
हजुरको प्रतिक्रिया