२०८३ साउन २१ गते बिहीबार

अन्तरिम सरकारले घोषणा गरेको निर्वाचनमा भाग लिने नेपाली काँग्रेसको निर्णय

अन्तरिम सरकारले घोषणा गरेको निर्वाचनमा भाग लिने नेपाली काँग्रेसको निर्णय

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ मंसिर ७ गते शनिबार ०७:१८

जेन–जी आन्दालनपछि विकसित राजनितिको उचित निकास निर्वाचन नै भएको जिकिर

काठमाडौं ।

नेपाली काँग्रेसले अन्तरिम सरकारले फागुन २१ गते घोषणा गरेको निर्वाचनमा भाग लिने निर्णय गरेको छ ।

नेपाली काँग्रेसको केन्द्रिय समितिको बैठकले निर्वाचनमा भाग लिने निर्णय गरेको पार्टीका प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए । जेन–जी आन्दालनपछि विकसित राजनितिको उचित निकास निर्वाचन नै भएको उनले बताए ।

उनले अन्तरिम सरकार गठन तथा प्रतिनिधि सभा विघठनको विषय राजनीति मात्रै नभई संवैधानिक पनि भएकोले सवोच्च अदालतले यसको अन्तिम व्याख्या गर्ने बताए । २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको मिति घोषणा भईसकेको अवस्थामा वर्तमान राजनीतिको उचित निकास निर्वाचन भएको ठहर गर्दै नेपाली काँग्रेस निर्वाचनमा भाग लिने निर्णय गरेको उनले जानकारी दिए ।

निर्वाचनमार्फत नै संविधानको रक्षा तथा जेन–जी प्रदर्शनका क्रममा परिवर्तनमा उठाइएको आवाजलाई संस्थागत रुप दिँदै देशलाई अघि बढाउन सकिने उनले उल्लेख गरे ।

काँग्रेसले निर्वाचनको लागि उचित वातावरण बनाउनसमेत सरकारसँग माग गरेको छ । हजारौँ कैदीबन्दी जेल बाहिर हुनु, आन्दोलनका क्रममा लुटिएका हात हतियार फिर्ता ल्याउन नसक्नु, राजनीतिक दलहरुका कार्यक्रममा अवरोध गर्नु जस्ता कार्यले निर्वाचनको लागी उचित वातावरण नभएको काँग्रेसले जनाएको छ ।

काँग्रेसले माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचन र फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको लागी निर्वाचन आयोग दर्ता गर्ने निर्णय गरेको छ । जेन–जी आन्दोलनमा भएका मृतकहरुलाई क्षतिपुर्ती दिन र घाईतेहरुको उचित उपचार गर्न, भदौ २४ गते भएको आगजानी, लुटपाट र आक्रमणमा संलग्नलाई कारबाही गर्न, आर्थिक क्षति पुगेका व्यवसायिक प्रतिष्ठानलाई उचित क्षतिपूर्ति प्रदान गरी लगानीको वातावरण बनाउन पनि काँग्रेसले सरकारसँग माग गरेको छ ।

काँग्रेसले सबै पक्षलाई संयमित भएर आफ्ना गतिविधि सञ्चालन गर्न पनि आग्रह गरेको छ ।

प्रकाशित मिति २०८२ मंसिर ७ गते शनिबार ०७:१८

हजुरको प्रतिक्रिया