२०८३ साउन २१ गते बिहीबार

आउने निर्वाचनमा धेरै युवालाई अवसर दिन्छौँः संयोजक दाहाल

आउने निर्वाचनमा धेरै युवालाई अवसर दिन्छौँः संयोजक दाहाल

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ मंसिर ७ गते शनिबार ०७:२२

वर्तमान पुस्ताले अब नयाँ पुस्ताको नेतृत्व निर्माणमा लाग्ने संकल्प र सपना देख्नुपर्ने उनको भनाई छ ।

काठमाडौं ।

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले आगामी निर्वाचनमा युवाहरुलाई अवसर दिने बताएका छन् ।

वाईसीएल नेपालले शनिबार पेरिसडाँडामा आयोजना गरेको कार्यक्रममा उनले पार्टी र देशको आगामी नेतृत्व अब नयाँ पुस्ताले लिनुपर्ने बताएका हुन् ।

उनले पार्टीभित्र पनि आगामी चुनावमा बढीभन्दा बढी युवालाई अवसर दिनेबारे गम्भीर छलफल भइरहेको जानकारी दिए ।

पार्टी कमिटिहरूमा समेत युवाको सहभागिता उल्लेख्य बनाउने तयारी भइरहेको उनको भनाई छ । उनले युवालाई वैचारिक, राजनीतिक र संगठनात्मक रूपमा नेतृत्वका लागि तयार पार्ने प्रतिवद्धता पनि जनाए ।

वर्तमान पुस्ताले अब नयाँ पुस्ताको नेतृत्व निर्माणमा लाग्ने संकल्प र सपना देख्नुपर्ने उनको भनाई छ । उनले युवा पुस्ताका माग र आफूहरुको मागमा धेरै समानता देखिएको बताए ।

विगतमा भएका गल्ती, कमजोरी स्वीकार गर्ने, आत्मसमीक्षा गर्ने र युवाहरूको स्पिरिटअनुसार आफूलाई बदल्ने र नयाँ ढंगले नेपाल निर्माण गर्ने नयाँ संकल्प लिने परिस्थिति पनि युवाहरूले पैदा गरेको उनको भनाई छ ।

प्रकाशित मिति २०८२ मंसिर ७ गते शनिबार ०७:२२

हजुरको प्रतिक्रिया