२०८३ साउन २१ गते बिहीबार

मंसिरमा विशेष महाधिवेशन निर्विकल्प जस्तै होः गगन थापा

मंसिरमा विशेष महाधिवेशन निर्विकल्प जस्तै होः गगन थापा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ मंसिर ७ गते शनिबार ०७:२६

निर्वाचनका लागि सरकारलाई सहयोग, खबरदारी गर्ने पनि उनले बताए ।

काठमाडौं ।

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले मंसिरमा विशेष महाधिवेशन गर्नेकुरा निर्विकल्प भएको बताएका छन् ।

केन्द्रिय समितिको बैठकले निर्णय गर्न नसके पनि आवधिक अधिवेशन गर्ने समय नरहेकाले मंसिरमा विशेष अधिवेशन गर्नुपर्ने उनले बताएका हुन् ।

उनकाअनुसार मंसिरको २७, २८ गतेतिर महाधिवेशन गर्नुपर्छ । निर्वाचनअघि अधिवेशन गर्नेकुरा अनिवार्य रहेको पनि उनले बताए ।

उनले नेपाली काँग्रेस आगामी फागुन २१ गतेको निर्वाचनमा सहभागी हुने पनि बताए । आगामी निर्वाचनमा भाग नलिने भन्ने राजनीतिक दलहरुलाई पनि संवादमार्फत निर्वाचनमा सहभागी हुन प्रयास गर्ने उनको भनाइ छ ।

निर्वाचनका लागि सरकारलाई सहयोग, खबरदारी गर्ने पनि उनले बताए ।

सरकार राजनीतिक दलहरुले निर्वाध रुपमा राजनीतिक गतिवधि गर्न पाउने वातावरण बनाउनतर्फ गम्भीर नभएको उनले आरोप लगाए । महामन्त्री थापाले नेपाली काँग्रेसले शान्तिको राजनीतिको नेतृत्व गर्नुपर्ने बताए ।

प्रकाशित मिति २०८२ मंसिर ७ गते शनिबार ०७:२६

हजुरको प्रतिक्रिया