काठमाडौं ।
नेपाली कम्युनिष्ट पार्टीका नेता देव गुरुङले निर्वाचन हुन नसके संसद पुनः स्थापना गर्नुपर्ने बताएका छन् ।
शनिबार काठमाडौंमा जेन–जी आन्दोलनबारे आयोजित छलफल कार्यक्रममा बोल्दै उनले बताएका हुन् ।
उनले अहिलेको अवस्थामा राष्ट्रिय सहमतिको विकल्प नरहेको बताए । उनले अबको बाटो निर्वाचन सम्पन्न गर्ने र निर्वाचन हुन नसके संसद पुनःस्थापनाको विकल्प नरहेको बताए ।
त्यहाँबाट संविधानमा संशोधन गरेर मात्रै आगामी कदम चाल्नुपर्ने उनको भनाइ थियो । राजनीतिलाई नियमित कोर्समा लैजान जरुरी रहेको समेत बताए ।
नेता गुरुङले एकले अर्कोलाई गालीगलौज गरेर सिध्याउने कार्यशैली हाबी भइरहेको बताए ।
प्रकाशित मिति २०८२ मंसिर ७ गते शनिबार ०७:३६