२०८३ असोज २५ गते आइतबार

काँग्रेस, एमाले र माओवादीकै कारण मुलुक चरम भ्रष्टाचार र परिणामहीन अवस्थामा पुग्योः जनार्दन शर्मा

काँग्रेस, एमाले र माओवादीकै कारण मुलुक चरम भ्रष्टाचार र परिणामहीन अवस्थामा पुग्योः जनार्दन शर्मा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ मंसिर ८ गते आइतबार ०५:०६

आईतबार काठमाडौंमा आयोजित प्रगतिशिल लोकतान्त्रिक पार्टी राष्ट्रिय एकता घोषणा सभालाई सम्बोधन गर्दै उनले यी तीन पार्टीहरु लामो समय सत्तासीन भएपनि सामाजिक विभेद, प्रशासनिक सुधार र विकासका आधारभूत मुद्दाहरूलाई पर्याप्त प्राथमिकता दिन नसकेको मुलुक असफल बन्न पुगेको आरोप लगाएका हुन् ।

काठमाडौं ।

नवगठित प्रगतिशिल लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले काँग्रेस, एमाले र माओवादी केन्द्रले आ—आफ्नो क्रान्तिकारी छवि बचाउन नसकेकै कारण मुलुक चरम भ्रष्टाचार र परिणामविहीन अवस्थामा पुगेको आरोप लगाएका छन् ।

आईतबार काठमाडौंमा आयोजित प्रगतिशिल लोकतान्त्रिक पार्टी राष्ट्रिय एकता घोषणा सभालाई सम्बोधन गर्दै उनले यी तीन पार्टीहरु लामो समय सत्तासीन भएपनि सामाजिक विभेद, प्रशासनिक सुधार र विकासका आधारभूत मुद्दाहरूलाई पर्याप्त प्राथमिकता दिन नसकेको मुलुक असफल बन्न पुगेको आरोप लगाएका हुन् ।

प्रमुख राजनीतिक दलहरुले सुशार संरचनागत सुधारमा अपेक्षित परिणाम दिन नसकेको उनको टिप्पणी छ ।

उनले मुलुकको विकासका लागि नीतिगत र प्रणालीगत पुनःसंरचना गर्नुको सट्टा मौजुदा संरचनाको दुरुपयोग गर्दै मुलुकलाई थप बर्बादीतर्फ धकेलेको उनको आरोप छ ।

शर्माले पार्टीगत हितलाई भन्दा दीर्घकालीन संस्थागत सुधार, पारदर्शिता र उत्तरदायित्वमा ध्यान दिन सबै राजनीतिक शक्तिहरू जिम्मेवार हुनुपर्ने आवश्यकता समेत औंल्याए ।

उनले भने, ‘काँग्रेस, एमाले र माओवादी आआफ्नो समयका नागरिकको प्रतिनिधित्व गर्ने परिवर्तनकारी पार्टी नै थिए र हुन् । परन्तु इतिहासमा योगदान गरेका दलहरुले राज्यसत्तामा पुगेपछि आफ्नो क्रान्तिकारी छवि बचाउन नसक्दा असफल सिद्ध हुन पुगे । फलतः देश चरम भ्रष्टाचार, विकृति र चरम यथास्थितिमा कारण गति र परिणामविहीन हुन पुग्यो । नेपाली काँग्रेस ४५ वर्ष, नेकपा (एमाले) ३६ वर्ष, नेकपा (माओवादी केन्द्रले करिब १७ वर्ष सरकार चलाउे वा सत्ताको वरिपरी नै रहे । परन्तु हजारौं वर्षसम्म विकासको परम शत्रुको रुपमा रहेको सामाजिक उत्पिडन मुलतः जातीय, क्षेत्रीय, लैंगिक र वर्गीय विभेदको सम्बोधन गर्न दलहरु असफल भए । नेपालको विकासका लागि नीतिगत र प्रणालीगत पुर्नसंरचना गर्नुको साटो मौजुदा संस्कृति संरचनाको उपयोग गर्दै मुलुकलाई थप बर्बादीतर्फ धकेले । मुलुकमा भ्रष्टाचार, नातावाद, कृपावाद, दण्डहीनता र राज्यका संस्थाहरुमा राजनीतिकरण गरेर राज्यका संस्था र प्रणालीलाई थप निकम्मा बनाए । संविधान लेखनको विषयलाई दलीय स्वार्थ बनाउँदा जनताको म्याण्डेट सम्बोधन हुन सकेन । नियन्त्रिक लोकतन्त्र र जनवादको प्रयोगले दलहरुलाई अपांग बनायो । सांस्कृतिक भ्रष्टिकरण गुजाराकेन्द्रीत राजनीति र कर्मचारीमाथि हस्तक्षेप गर्दै भिजनसहित अग्रसर हुन दलहरु असफल भए ।’

आम नागरिकले प्राप्त गर्न नसकेका अधिकारहरुको सुनिश्चितता गर्न पार्टी प्रतिवद्ध रहेको समेत उनले बताए ।

प्रकाशित मिति २०८२ मंसिर ८ गते आइतबार ०५:०६
हजुरको प्रतिक्रिया