२०८३ साउन २१ गते बिहीबार

प्रगतिशील लोकतान्त्रिक पार्टी जेन–जी आन्दोलनको उपज होः बाबुराम भट्टराई

प्रगतिशील लोकतान्त्रिक पार्टी जेन–जी आन्दोलनको उपज होः बाबुराम भट्टराई

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ मंसिर ८ गते आइतबार ०७:२५

पूर्वप्रधानमन्त्री भट्टराईले जेन–जी पुस्ताको आवाज र मागलाई सो पार्टीले पूरा गर्नुपर्ने बताए ।

काठमाडौं ।

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नवगठित प्रगतिशील लोकतान्त्रिक पार्टी जेन–जी आन्दोलनको उपज भएको बताएका छन् ।

आईतबार काठमाडौंमा आयोजित सो पार्टीको घोषणा सभामा बोल्दै उनले सो टिप्पणी गरेका हुन् ।

पूर्वप्रधानमन्त्री भट्टराईले प्रलोपलाई जेनजी पुस्ताको पार्टी भन्नुपर्ने जिकिर समेत गरे । प्रलेपालाई जेन–जी पुस्ताको पार्टी हो भनेर नबुझने हो भने त्यसको कुनै अर्थ नहुने उनको जिकिर थियो ।

पूर्वप्रधानमन्त्री भट्टराईले जेन–जी पुस्ताको आवाज र मागलाई सो पार्टीले पूरा गर्नुपर्ने बताए ।

पूर्वप्रधानमन्त्री भट्टराईले जेन–जी पुस्ताको मागलाई सम्बोधन गरेर अघि बढ्न पुराना पार्टी र नेताहरु मात्रै नभएर राजनीतिमा नै पुनर्संरचना आवश्यक रहेको समेत बताए ।

प्रकाशित मिति २०८२ मंसिर ८ गते आइतबार ०७:२५
हजुरको प्रतिक्रिया