२०८३ साउन २१ गते बिहीबार

प्रधानमन्त्री कार्कीलाई भेट्न नपाएपछि सिंहदरबारमा जेन–जीको आक्रोश

प्रधानमन्त्री कार्कीलाई भेट्न नपाएपछि सिंहदरबारमा जेन–जीको आक्रोश

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ मंसिर ९ गते सोमबार ०५:२२

सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले भने, ‘उहाँहरुको मागहरु सम्बोधन गर्न सरकार गम्भीर छ । सरकार सुशासन कायम गर्दै नातावाद, कृपावाद अन्त्य गर्नको लागि बनेको हो । तर उहाँहरुले जुन भेट नपाएको भन्ने जुन गुनासो छ । उहाँहरुलाई उचित समयमा हामी प्रधानमन्त्रीलाई भेटाउँछौं ।’

काठमाडौं ।

प्रधानमन्त्री सुशीला कार्कीका स्वकीय सचिव आदर्श श्रेष्ठमाथि प्रकाशित समाचारको विषयमा ध्यानाकर्षणपत्र बुझाउन गाएका जेन–जीहरु प्रधानमन्त्रीलाई भेट्न नपाएपछि आक्रोशित भएका छन् ।

ध्यानाकर्षण बुझाउन सोमबार सिंहदरबार पुगेका जेनजीहरुले घण्टौं कुर्दा समेत प्रधानमन्त्री कार्कीसँग भेट्न नपाएपछि होहल्लासँगै आक्रोशित भएका हुन् ।

सरकार नातावाद र कृपावादमा लागेको उनीहरुको आरोप समेत छ । यता प्रधानमन्त्री कार्कीका मुख्य सल्लाहकार अजयभद्र खनालले जेन–जी पुस्ताका मागहरु सम्बोधन गर्न सरकार गम्भीर रहेको बताए ।

उनले सरकार भ्रष्टाचार नियन्त्रणमा सुशासन कायम, नातावाद र कृपावादको अन्त्यका लागि गम्भीरताका साथ काम गरिरहेको समेत बताए ।

सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले भने, ‘उहाँहरुको मागहरु सम्बोधन गर्न सरकार गम्भीर छ । सरकार सुशासन कायम गर्दै नातावाद, कृपावाद अन्त्य गर्नको लागि बनेको हो । तर उहाँहरुले जुन भेट नपाएको भन्ने जुन गुनासो छ । उहाँहरुलाई उचित समयमा हामी प्रधानमन्त्रीलाई भेटाउँछौं ।’

उपयुक्त समयमा जेन–जी प्रतिनिधिहरुलाई प्रधानमन्त्रीसँग भेट गराउने उनको भनाइ छ ।

प्रकाशित मिति २०८२ मंसिर ९ गते सोमबार ०५:२२
हजुरको प्रतिक्रिया