२०८३ साउन २१ गते बिहीबार

एमाले अध्यक्षका लागि ईश्वर पोखरेलको उम्मेदवारी घोषणा

एमाले अध्यक्षका लागि ईश्वर पोखरेलको उम्मेदवारी घोषणा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ मंसिर १० गते मंगलबार ०६:४५

१०औंमा प्रतिस्पर्धा गर्नुभएका भीम रावल पार्टीबाट निकालेका थिए ।

काठमाडौं ।

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ११औं महाधिवेशनका लागि अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।

उनले आज विज्ञप्ति निकालेर अध्यक्ष पदको उम्मेदवारी घोषणा गरेका हुन् । पोखरेलले विज्ञप्तिमा पार्टीको आन्तरिक लोकतन्त्रसम्बन्धी आफैँले अघि सारेका मान्यतालाई सम्मान गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व हस्तान्तरणमा सकारात्मक भूमिका निर्वाह गर्ने विश्वास लिएको उल्लेख गरेका छन् ।

पोख्रेलको विज्ञप्तिमा भदौ २३ र २४ को दुवै दिनको घटनाको निष्पक्ष छानबिन गर्नुपर्ने, पार्टीमा जबज कार्यान्वयनको समीक्षा गर्नुपर्ने, पार्टीको मुख्य नेतृत्वमा दुई कार्यकालको प्रावधानलाई पार्टी विधानमा पुनस्र्थापित गरिनुपर्ने, पूर्वराष्ट्रपति विद्या भण्डारीलाई पार्टीमा फर्काउनुपर्ने लगायतका कुरा समेटेका छन् ।

यसअघि पोखरेलले पार्टी सचिवालयको ६०औं बैठकमा अध्यक्षमा प्रतिस्पर्धा गर्ने जानकारी गराउँदै अध्यक्ष ओलीलाई अभिभावकीय भूमिकामा बस्न आग्रह गरेका थिए । त्यस बेला अध्यक्ष ओलीले नवौं र १०औं महाधिवेशन सम्झाउँदै मिलेर जान भनेका थिए ।

नवौं महाधिवेशनमा अध्यक्षमा प्रतिस्पर्धा गर्नुभएका माधवकुमार नेपालले पार्टी छाड्नुपरेको थियो भने १०औंमा प्रतिस्पर्धा गर्नुभएका भीम रावल पार्टीबाट निकालेका थिए ।

प्रकाशित मिति २०८२ मंसिर १० गते मंगलबार ०६:४५
हजुरको प्रतिक्रिया