२०८३ साउन २१ गते बिहीबार

सबै राजनीतिक दलहरु निर्वाचनका लागि तयार भइसकेः सञ्चारमन्त्री खरेल

सबै राजनीतिक दलहरु निर्वाचनका लागि तयार भइसकेः सञ्चारमन्त्री खरेल

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ मंसिर १० गते मंगलबार ०७:०८

त्यस अवसरमा मन्त्री खरेलले प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनको मर्म र भावनाअनुसार आफूलाई अघि बढाएको दाबी समेत गरे ।

काठमाडौं ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सबै राजनीतिक दलहरु निर्वाचनको लागि तयार भइसकेको बताएका छन् ।

मंगलवार एमालेले पनि निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएपछि उनले सो प्रतिक्रिया आएको हो ।

मन्त्रीपरिषद् बैठकमा निर्णयहरु सार्वजनिक गर्ने क्रममा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा नेपाल सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री खरेलले अव निर्वाचन हुँदैन कि भन्ने आशंका गर्ने ठाउँ नरहेको समेत बताए ।

उनले निर्वाचनका लागि राजनीतिक दलहरुको तर्फबाट माहौल बनिसकेको र सरकारले पनि आवश्यक सुरक्षा योजना बनाएर कार्यान्वयन गर्नतर्फ केन्द्रित भएको स्पष्ट पारे ।

मन्त्री खरेलले भने, ‘निर्वाचन आयोगले आफ्नो काम धमाधम अगाडि बढाएको छ । महत्वपूर्ण प्रायः सबै राजनीतिक दलहरुले निर्वाचन आयोगमा दर्ता भईसकेका छन । तपाईले अघि कुरा उठाउनु भएको राजनीतिक दलले पनि आज दल दर्ता र नविकरणको काम अगाडि बढाईसकेको छ । अरु राजनीतिक दलहरुले पनि दल दर्ता अगाडि बढाईसकेका छन । निर्वाचन प्रयोजनका लागि जुन राजनीतिक दलहरुले दल दर्ता गरिसके । हामी निर्वाचनको विरोधी होइन भनिरहेका छन् । सुरक्षाको वातावरण बनाउन भनिरहेका छन् । गाउँ, टोलदेखि जिल्ला हुँदै क्षेत्रसम्म निर्वाचन लक्षित विभिन्न कार्यक्रमहरु गरिसकेका छन भनेपछि अव के आशंका रहेन भने अव सबै राजनीतिक दलहरु चुनावका लागि तयार भईसके । जुन राजनीतिक दलहरुले चुनावमा आउँदैनौ कि भन्ने जस्तो आशंका हामीलाई लागेको थियो । त्यो पनि आजको दिनबाट उहाँहरुले निर्वाचन आयोगमा राजनीतिक दल दर्ता, नविकरण गरिसक्नु भएपछि अब निर्वाचनको माहौल राजनीतिक दलको तर्फबाट बनिसक्यो । मतदाता नामावली दर्ता गरेर ८ लाख भन्दा बढी मतदाता नामावली दर्ता भईसक्यो भनेपछि जनता निर्वाचनमा होमिसके । सुरक्षा योजना तयार भईसकेको छ । यहाँहरुलाई जानकारी गराउ । निर्वाचनको प्रयोजनका लागि सुरक्षा योजना तयार गरेर सुरक्षा निकायले तत्तत ठाउँमा त्यो योजना पठाएको छ । र कार्यान्वयन हुने अवस्था छ । अव हामी एक हिसावले चुनावको थप माहौल बनाउन, यसको माहौल झन प्रगाढ र थप स्पष्ट बन्दै गईसकेको कुरा म निवेदन गर्दछु ।’

त्यस अवसरमा मन्त्री खरेलले प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनको मर्म र भावनाअनुसार आफूलाई अघि बढाएको दाबी समेत गरे ।

प्रकाशित मिति २०८२ मंसिर १० गते मंगलबार ०७:०८

हजुरको प्रतिक्रिया