२०८३ असोज २५ गते आइतबार

सडकमा देखिएका जेन–जीभन्दा काँग्रेसका जेन–जी क्षमतावान छन्ः प्रतिमा गौतम

सडकमा देखिएका जेन–जीभन्दा काँग्रेसका जेन–जी क्षमतावान छन्ः प्रतिमा गौतम

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ मंसिर १२ गते बिहीबार ०५:११

उनले हाल चर्चामा रहेका जेन–जीहरुमा राजनीतिक चेतना कमजोर भएको बताउँदै काँग्रेसमा भएका जेन–जीहरु धेरै काविल र क्षमतावान भएको दाबी गरिन् ।
पार्टीभित्र जेन–जीको क्षमतालाई उपयोग गर्ने र अवसर दिने दुवै काम हुने उनको भनाई छ ।

काठमाडौं ।

नेपाली काँग्रेसकी केन्द्रिय सदस्य प्रतिमा गौतमले हाल जेन–जीको नाममा मुभमेन्ट चलाउनेहरु भन्दा काँग्रेसमा भएका जेन–जीहरु धेरै क्षमतावान भएको बताएकी छिन् ।

स्वतन्त्र विद्यार्थी युनियन परिषद् नेपाल राष्ट्रिय अधिवेशनमा बौल्दै उनले यस्तो बताएकी हुन् ।

काँग्रेसको जेन–जी भनेको नेपाल विद्यार्थीसंगमा आवद्ध भएका २८ वर्ष मुनिका विद्यार्थी रहेको उनले बताइन् ।

उनले हाल चर्चामा रहेका जेन–जीहरुमा राजनीतिक चेतना कमजोर भएको बताउँदै काँग्रेसमा भएका जेन–जीहरु धेरै काविल र क्षमतावान भएको दाबी गरिन् ।

पार्टीभित्र जेन–जीको क्षमतालाई उपयोग गर्ने र अवसर दिने दुवै काम हुने उनको भनाई छ ।

उनले पछिल्लो समय देशको परिस्थिति बदलिएकोले पार्टी र देश निर्माणको अभिभारा युवा विद्यार्थीमा आएको बताइन् । उनले पार्टीमा पनि धेरै कुराहरु बदल्न बाँही रहको उल्लेख गरिन् ।

उनले भनिन्, ‘२८ वर्ष मुनीका नेपाल विद्यार्थी संगबाट आवद्ध भएर तपाईहरुले स्वतन्त्र विद्यार्थी युनियनमा जित्नुभएको छ । खास कांग्रेसको जेन–जी तपाईहरु नै हो । तपाईहरुमा ठूलो अभिभारा छ, तपाईहरु काविल हुनुहुन्छ । अहिले देखेका जेनजीहरु हेर्नुस् । अहिले एउटा बोल्छन्, एकछिनमा अर्को बोल्छन् । राजनितिक चेत अझै नभएको हुनाले, संगठित नभएको हुनाले धेरै कुरामा उनीहरुको कमजोरी छ । तर पार्टीभित्रका जेन–जी साथीहरु तपाईहरु क्षमतावान हुनुहुन्छ, काविल हुनुहुन्छ । तपाईहरुको यो काविलतालाई पार्टीले प्रयोग गरेर तपाईहरुलाई उत्साह प्रदान गर्नेछ । तपाईहरु पार्टीप्रति प्रतिवद्ध भएर लाग्नुभयो भने पार्टीले पनि तपाईहरुलाई अवसर दिनेछ । आज देखिएका जेन–जी भन्दा तपाईहरु कोही पनि कमी हुनुहुन्न ।’

त्यस्तै नेपाली काँग्रेसका केन्द्रिय सदस्य नैनसिंह महरले सबै पुस्ता मिलेर देश निर्माणमा लाग्नुपर्ने बताए ।

फागुन २१ गते हुने निर्वाचनमा पार्टी नयाँ धारणाकासाथ जनतामा जाने उल्लेख गर्दै उनले नेपाल विद्यार्थी संघ पनि वास्तविक जेन–जी आफूहरु भएको दाबी गर्दै निर्वाचनमा लाग्नुपर्ने बताए ।

प्रकाशित मिति २०८२ मंसिर १२ गते बिहीबार ०५:११
हजुरको प्रतिक्रिया