२०८३ साउन २१ गते बिहीबार

विष्णु रिमालले भनेः ओली नै अध्यक्ष हुनुहुन्छ, लेखेर राख्नुस्

विष्णु रिमालले भनेः ओली नै अध्यक्ष हुनुहुन्छ, लेखेर राख्नुस्

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ मंसिर १९ गते बिहीबार ०७:१७

उपमहासचिव रिमालले पार्टीको महाधिवेशन प्रतिनिधि चयनमा देखिएको गुनासो पार्टीले तत्काल सम्बोधन गर्ने समेत बताए ।

काठमाडौं ।

नेकपा (एमाले) का उपमहासचिव विष्णु रिमालले पार्टीको एघारौ महाधिवेशनले पनि केपी शर्मा ओलीलाई अध्यक्ष बनाउने दाबी गरेका छन् ।

प्रेस चौतारी नेपालले बिहीबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले एमालेले फेरि पनि ओलीलाई अध्यक्ष बनाउने निष्कर्ष निकालिसकेको बताएका हुन् ।

उपमहासचिव रिमालले ओली फेरि पनि एमालेको अध्यक्ष हुने कुरा निश्चित भएको उल्लेख गर्दैसो समाचार लेखेरै राख्न पनि सञ्चारकर्मीहरुलाई आग्रह गरे ।

उपमहासचिव रिमालले पार्टीको महाधिवेशन प्रतिनिधि चयनमा देखिएको गुनासो पार्टीले तत्काल सम्बोधन गर्ने समेत बताए ।

उपमहासचिव रिमालले नीतिको प्रश्नमा एमालेमा विवाद नभएकाले नेतृत्व चयन पनि सहमती नै हुने अवस्था रहेको समेत तर्क गरे ।

प्रकाशित मिति २०८२ मंसिर १९ गते बिहीबार ०७:१७

हजुरको प्रतिक्रिया