२०८३ साउन २१ गते बिहीबार

नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैनः मन्त्री गुप्ता

नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैनः मन्त्री गुप्ता

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ मंसिर २० गते शुक्रबार ०५:०१

उनले सडकमा ट्राफिक लाइट जडान गर्ने, सडकलाई अझ सुरक्षित बनाउने, प्रहरीका भौतिक संरचना बढाउने विषयमा आर्थिक अवस्था कमजोर भएकाले भनेकै समयमा सबै कुरा गर्न नसकिने स्पष्ट पारे ।
तर भएका श्रोत र साधनको प्रयोग गरेर अघि बढ्नुपर्ने उनको भनाइ छ । ट्राफिक नियम आफ्नो जीवन र व्यवहारमा कार्यान्वयन गर्न पनि आग्रह गरे ।

काठमाडौं ।

युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले नेपाल आर्थिक हिसावले कमजोर रहेकाले भएका श्रोत, साधनको सही उपयोग गरेर अघि बढ्नुपर्ने बताएका छन ।

शुक्रबार अन्तर्राष्ट्रिय स्वयंसेवक दिवसको अवसरमा आयोजित सडक दुर्घटना न्युनिकरण सचेतना स्वयंसेवक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन ।

उनले सडकमा ट्राफिक लाइट जडान गर्ने, सडकलाई अझ सुरक्षित बनाउने, प्रहरीका भौतिक संरचना बढाउने विषयमा आर्थिक अवस्था कमजोर भएकाले भनेकै समयमा सबै कुरा गर्न नसकिने स्पष्ट पारे ।

तर भएका श्रोत र साधनको प्रयोग गरेर अघि बढ्नुपर्ने उनको भनाइ छ । ट्राफिक नियम आफ्नो जीवन र व्यवहारमा कार्यान्वयन गर्न पनि आग्रह गरे ।

उनले भने, ‘ट्राफिक नियम आफ्नो जीवन र व्यवहारमा कार्यान्वयन गरौँ । त्यसलाई अपनाउन नसके यस्ता कार्यक्रमको कुनै अर्थ रहँदैन । यसको अर्थ र गरिमा राखिदिन आफ्नो जीवनमा कार्यान्वयन गरिदिन अनुरोध गर्न चाहन्छु । हामीले ट्राफिकप्रति हेर्ने दृष्टिकोण र ट्राफिकले चालक, सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छ । सकारात्मकता नहुने हो भने यि कुराहरु कार्यान्वयन हुँदैनन् । एक अर्काप्रति विश्वास र सकारात्मकता आउनु जरुरी छ । सरकारले गर्नुपर्ने कार्यहरु हामी गर्नेछौँ । नेपाल सरकार आर्थिक रुपमा कमजोर रहेको देश नै हो । त्यसैले चाहेको बेलामा सबैकुरा गर्न सकिरहेका छैनौँ । भएका श्रोत साधनबाट हामी चल्नुपर्छ ।’

उनले ट्राफिकप्रति हेर्ने दृष्टिकोण र ट्राफिकले चालक, सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्ने बताए ।

प्रकाशित मिति २०८२ मंसिर २० गते शुक्रबार ०५:०१
हजुरको प्रतिक्रिया