२०८३ साउन २१ गते बिहीबार

सरकार र जेनजीबिच भएको सहमति फजुल कागज हो: केपी ओली

सरकार र जेनजीबिच भएको सहमति फजुल कागज हो: केपी ओली

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ मंसिर २६ गते बिहीबार ०२:३९

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बुधबार सरकार र जनेजीबिच भएको सहमतिलाई फजुल कागजको संज्ञा दिएका छन्। बिहीबार सम्पादकहरूसँगको अन्तरक्रियामा उनले एमालेले उक्त सहमतिलाई मान्यता दिने कुरा नहुने बताए। उनले सहमतिलाई सरकार...

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बुधबार सरकार र जनेजीबिच भएको सहमतिलाई फजुल कागजको संज्ञा दिएका छन्।

बिहीबार सम्पादकहरूसँगको अन्तरक्रियामा उनले एमालेले उक्त सहमतिलाई मान्यता दिने कुरा नहुने बताए। उनले सहमतिलाई सरकार र जेनजीबिच भद्दा नाटक भएकोसमेत बताए।

‘हामीले त्यस्ता फजुल कागजलाई मान्यता दिने भन्ने कुराको प्रश्नै उठ्दैन। फजुल कागज हो त्यो। यो कलाविहीन भद्दा नाटक हो’, ओलीले भने।

उनले यस सरकारलाई अहिलेको प्रणाली, अहिलेको व्यवस्थाकाबारेमा कुरा गर्ने म्यान्डेटनै नभएको बताए। ‘यो सरकारले प्रणालीकाबारे, व्यवस्थाकाबारे, के-काबारे कहाँबाट म्यान्डेट पायो जनताबाट? कसैले भोट हालेको छ? चुनेको छ?’, उनले प्रश्न गर्दै भने ‘यो सरकार गोबर लगाएर टाँसेको होइन? कसले टाँस्यो थाहा छैन।’

सरकार र जेनजीबीच भएको सहमति फजुल कागज रहेको त्यतिबेलै जेनजीहरूले नै च्यातेर अस्वीकार गरेकोसमेत उनले बताए। ‘त्यस्तो सरकारले को-को बोलायो। कसलाई कागज थमायो। यो कागज लिएर आउ भन्यो। रिहलसलमा सिकाएको बोल्दै जाँदा केटाकेटीले बिगारे। जे सिकाएको थियो बोल्दै जाँदा पाठ बिग्रियो क्या त्यहाँ। त्यहीँ अस्वीकार भयो। उनीहरूले नै च्याते त्यहाँ’, उनले भने।

२३ र २४ भदौका दिन भएको जेनजी आन्दोलनले ओली तत्कालीन प्रधानमन्त्रीबाट सत्ताच्यूत भएका थिए। उनले संसद पुन:स्थापना हुनुपर्नेसमेत बताए।

प्रकाशित मिति २०८२ मंसिर २६ गते बिहीबार ०२:३९
हजुरको प्रतिक्रिया