२०८३ साउन २१ गते बिहीबार

सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत

सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ पुस ७ गते सोमबार ०५:१५

उनले दलका नेतामाथि स्थानहद लगाउने कुराले तोकिएको मितिमा निर्वाचन हुने विश्वास गर्न सकिने अवस्था नरहेको बताए । सचिव बस्नेतले निर्वाचनलाई निष्पक्ष, भयरहित वातावरणमा सम्पन्न गराउने काममा सरकार केन्द्रित नभएको आरोप समेत लगाए ।

पोखरा ।

नेकपा (एमाले) ले आगामी फागुन २१ गते निर्वाचन हुन्छ भन्ने विश्वसनीय आधार सरकारले दिन नसकेको बताएको छ ।

सोमबार प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको निर्वाचन सम्बन्धि सर्वपक्षीय बैठकमा बोल्दै एमालेका सचिव महेश बस्नेतले सो कुरा बताएका हुन् ।

उनले दलका नेतामाथि स्थानहद लगाउने कुराले तोकिएको मितिमा निर्वाचन हुने विश्वास गर्न सकिने अवस्था नरहेको बताए । सचिव बस्नेतले निर्वाचनलाई निष्पक्ष, भयरहित वातावरणमा सम्पन्न गराउने काममा सरकार केन्द्रित नभएको आरोप समेत लगाए ।

उनले भने,‘निर्वाचन भयरहित हुनुप¥यो । निष्पक्ष हुनुप¥यो, धाँधलीरहित हुनुप¥यो । दलका नेतामाथि अहिले पनि स्थानहद लगाइएको छ । म नै हुँ–५÷७ जिल्ला जाँदा ढुंगा खाएर आएको मान्छे । हामीले ढुंगा खाएबापत खुशीयाली मनाएकै छ । त्यसकारण चुनाव २१ गते हुन्छ भन्ने कुरामा हामी विश्वस्त छैनौँ । र नो भोटको प्रावधान राखौ भन्ने पनि आएको छ । अब फागुन २१ मा चुनाव भएन र स¥योभने संसद पुनःस्थापना हुन्छ कि के हुन्छ ? ६ महिना भन्दा बढि ग्याप त हामीले देखेका छैनौँ । अहिले लोकतान्त्रिक पद्धति मिचेर भटाभट अध्यादेश ल्याइरहनुभएको छ ।’

सचिव बस्नेतले सरकारले लोकतान्त्रिक पद्धति समेत मिचेर अध्यादेश ल्याउने काम गरिरहेको भन्दै आपत्ति समेत जनाए ।

प्रकाशित मिति २०८२ पुस ७ गते सोमबार ०५:१५
हजुरको प्रतिक्रिया