२०८३ साउन २१ गते बिहीबार

दिगो पर्यटनको लागि सबै जिम्मेवार हुनुपर्नेमा जोड

दिगो पर्यटनको लागि सबै जिम्मेवार हुनुपर्नेमा जोड

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ पुस ८ गते मंगलबार ०२:०८

अहिलेको हिमाली क्षेत्रको पर्यटनको सबैभन्दा ठूलो समस्या फोहोर व्यवस्थापन, पाहुनालाइ गर्नुपर्ने शिष्टाचारयुक्त व्यवहार नहुनु, जथाभावी ट्रेकिङ गर्दा वन्यजन्तुहरुलाइ असर पर्नु जस्ता समस्या रहेको र यसको न्युनिकरण गर्नको लागि पर्यटन व्यावसायी सचेत हुनुपर्ने भएकाले यसबारेमा धेरै भन्दा धेरै छलफल र सीप सिकाउनु आवश्यक रहेको उनले बताए ।

पोखरा ।

दिगो हिमाली पर्यटनको लागि पूर्वयोजना, ट्रेकिङ ट्रायल, क्याम्प व्यवस्थापन, पर्यटकलाइ शिष्टाचारयुक्त व्यवहारदेखि फोहोर व्यवस्थापन सम्मका विषयमा छुट्टै मापदण्ड बनाएर जानुपर्नेमा सरोकावालाले जोड दिएका छन् ।

नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडिपिको सहलगानीमा सञ्चालित दिगो पर्यटन परियोजना अन्तर्गत काठमाडौंमा जारी तालिमका क्रममा दिगो पर्यटन सम्बन्धि सीप र व्यवस्थापन बारेमा मिहिन ढंगले छलफल भइरहेको छ ।

पर्यटन क्षेत्रमा काम गर्दै आएको संस्था काठमाडौं इन्भायरोमेन्टल एजुकेशन प्रोजेक्ट (किप्ट ) को समन्वयमा भइरहेको यो तालिममा हिमाली क्षेत्रमा पर्यटक घुमाउन लैजाँदा, उनीहरुलाइ गाइड गराउँदा वा आफैँ सानो समूहमा ट्रेकिङमा जाने क्रममा कसरी कम भन्दा कम वातावरणीय क्षतिमा पर्यटकीय गतिविधि गर्ने भन्नेबारेमा छलफल भइरहेको हो ।

तालिममा हिमाली क्षेत्रमा काम गर्ने ८० जना भन्दा बढी गाइड तथा भरियाहरुलाइ जिम्मेवार र दिगो पर्यटनका उपायहरुका बारेमा सीप प्रदान गरिएको छ ।

जहाँ ट्रेकिङ जानुअघि नै वातावरणमैत्री सरसामान लैजाने गरी गर्नुपर्ने तयारी, ट्रेकिङमा जाँदै गर्दा बाटोमा कसरी हिँड्ने, कसरी बाटोमा वरपरका झार तथा झ्याउहरुलाइ कम क्षति पु¥याउने, बास बस्दा कुन मापदण्डमा रहेर क्याम्प गर्ने सहितका विषयमा जानकारी गराएको किप्टका प्रवन्धक तारानन्द जोशीले जानकारी दिए ।

अहिलेको हिमाली क्षेत्रको पर्यटनको सबैभन्दा ठूलो समस्या फोहोर व्यवस्थापन, पाहुनालाइ गर्नुपर्ने शिष्टाचारयुक्त व्यवहार नहुनु, जथाभावी ट्रेकिङ गर्दा वन्यजन्तुहरुलाइ असर पर्नु जस्ता समस्या रहेको र यसको न्युनिकरण गर्नको लागि पर्यटन व्यावसायी सचेत हुनुपर्ने भएकाले यसबारेमा धेरै भन्दा धेरै छलफल र सीप सिकाउनु आवश्यक रहेको उनले बताए ।

त्यसैले आजको तालिममा यसै क्षेत्रमा काम गर्नेहरुलाइ मसिनो ढंगले दिगो पर्यटनको बारेमा बुझाउने कोशिश गरेको जोशीको भनाइ छ ।

उनले भने, ‘पर्यटनमा जिम्मेवार हुनुपर्छ भन्ने हाम्रो अवधारणा हो, जिम्मेवार हुनलाइ ट्रेकिङमा जाँदा हाम्रो इम्प्याक्ट मिनिमम होस्, पर्यटनमा वातावरणमा, जहाँ हामी जान्छौं, त्यहा जानुभन्दा अघि नै के सोच्नुपर्छ भने हामी पर्यटनमा पर्यावरणमा, प्रकृतिमा हाम्रो फोहोर व्यवस्थापन कसरी गर्दैछौ, यि कुराको सुरुमा नै प्लालिङगर्नुपर्छ, कमसेकम हामी प्रकृतिलाइ नकारात्मक प्रभाव नपारौं । यो प्रकृती सबैको हो । नाती पुस्तालाइ यो प्रकृतिी जस्ताको त्यस्तै छोड्न सक्नुपर्छ । सबैलाइ यो कुरा फैलाउनको लागि हामीले पर्यटन क्षेत्रमा काम गर्ने व्यक्तिहरुलाइ बोलाएर यो कुरा सिकाउन खोजेका हौं ।’

४ दिनसम्म चल्ने यो तालिममा पर्यटन व्यावसायिको लागि आवश्यक प्राथमिक उपचारका सीपदेखि दिगो पर्यटनका सीपसम्मका बारेमा सिकाइने छ ।

साथै पर्यटन क्षेत्रमा काम गर्दै आएका महिला उद्यमीहरुसँग पनि छलफल गर्ने, उनीहरुको अनुभव सुन्ने र दिगो तथा भरपर्दो र जिम्मेवार पर्यटनको प्रवर्धन गर्ने उद्देश्य रहेको जोशीले बताए ।

तालिममा हिमाली क्षेत्रको पर्यटन व्यवसायमा संलग्न लगभग ३ सय जना सहभागि हुनेछन् ।

ट्रेकिङ तथा ट्राभल सञ्चालक, गाइड, भरिया तथा समग्र यो क्षेत्रमा काम गर्नेहरुलाइ विभिन्न ९ वटा मापदण्ड बारेमा जानकारी दिइएको छ ।

कार्यक्रम डिसेम्बर १७ देखि २४ सम्मका विभिन्न दिनमा चलिरहेको छ ।

प्रकाशित मिति २०८२ पुस ८ गते मंगलबार ०२:०८
हजुरको प्रतिक्रिया