२०८३ असोज २५ गते आइतबार

चर्चित मान्छेहरु नशामा लठ्ठ भेटिन्छन् : एमाले अध्यक्ष ओली

चर्चित मान्छेहरु नशामा लठ्ठ भेटिन्छन् : एमाले अध्यक्ष ओली

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ पुस १० गते बिहीबार ०१:५७

काठमाण्डौ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहलाई लक्षित गर्दै देशमा चर्चित भनिएका मान्छेहरु नसामा लट्ठिएको अवस्थामा भेटिने गरेको टिप्पणी गरेका छन् । पार्टीको ११ औँ महाधिवेशनका...

काठमाण्डौ ।

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहलाई लक्षित गर्दै देशमा चर्चित भनिएका मान्छेहरु नसामा लट्ठिएको अवस्थामा भेटिने गरेको टिप्पणी गरेका छन् ।

पार्टीको ११ औँ महाधिवेशनका स्वयंसेवकहरुलाई धन्यावाद ज्ञापन गर्न बिहीवार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

युवाहरुले ठिक ढंगले कुरा नबुझ्नु, ठिक आचरण गर्न नसक्नु र ठिक ढंगले आफूलाई प्रश्तुत गर्न नसक्नु मुलुककै लागि समस्या विषय भएको ओलीको भनाई छ ।

एमालेमा आवद्ध युवाहरु दुव्र्यसनमा नरहेको समेत जिकिर गर्दै अध्यक्ष ओलीले पार्टीको महाधिवेशनमा स्वयंमसेवकको कार्यमा खटिएका युवाहरुको कार्यसम्पदानको प्रशंसा गर्दै धन्यवाद दिए ।

मुलुकको स्वाधिनताको रक्षाका लागि एकतावद्ध भएर अगाडि बढ्न पार्टी कार्यकर्ताहरुलाई ओलीले आग्रह गरे ।

 

प्रकाशित मिति २०८२ पुस १० गते बिहीबार ०१:५७
हजुरको प्रतिक्रिया