२०८३ असोज २५ गते आइतबार

काँग्रेसको प्राथमिकता संसद पुनःस्थापना होइन, निर्वाचन हो : शेरबहादुर देउवा

काँग्रेसको प्राथमिकता संसद पुनःस्थापना होइन, निर्वाचन हो : शेरबहादुर देउवा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ पुस ११ गते शुक्रबार ०३:०९

शुक्रबार तीन ठूला राजनीतिक दलहरुको शिर्ष नेताहरुसँग भेट गर्न पुगेका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले भेटमा देउवाले सो कुरा प्रष्टयाएको जानकारी दिएका हुन् ।

पोखरा ।

नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पार्टीको प्राथमिकता निर्वाचन नै भएको बताएका छन् ।

शुक्रबार तीन ठूला राजनीतिक दलहरुको शिर्ष नेताहरुसँग भेट गर्न पुगेका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले भेटमा देउवाले सो कुरा प्रष्टयाएको जानकारी दिएका हुन् ।

उनीसँगको भेटबारे सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै मन्त्री खरेलले सभापति देउवाले नेपाली काँग्रेसको प्राथमिकता संसद पुनःस्थापना नभएको प्रष्ट पारेको बताए ।

उनले निर्वाचनको वातावरण बनाउन सरकारलाई आग्रह गरेको पनि जानकारी दिए । त्यस अवसरमा सभापति देउवाले तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्नका लागि नेपाली काँग्रेसले सरकारलाई सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका थिए ।

सञ्चारमन्त्री खरेलले भने,‘नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली काँग्रेसको प्राथमिकता चाहीँ निर्वाचन नै हो । नेपाली काँग्रेसको प्राथमिकता संसद पुनःस्थापना होइन भनेर प्रष्टसँग मसँगको कुराकानीमा बताउनुभएको छ । र, निर्वाचनको वातावरण बनाउनका लागि उहाँले सरकारसँग आग्रह गर्नुभएको छ । र सुरक्षाको वातावरण बनाउनु प¥यो भन्ने उहाँको चासो रहेको छ । र काँग्रेसको तर्फबाट निर्वाचन समयमा सम्पन्न गर्नका लागि गर्नुपर्ने सहयोग नेपाली काँग्रेसले गर्छ भन्ने उहाँको कुरा रहेको छ ।’
सरकारले निर्वाचन गराउनका लागि प्रमुख तीन दलका शिर्ष नेताहरुसँग भेटवार्तालाई निरन्तरता दिँदै आएको छ ।

यसै क्रममा भोली (शनिकार) प्रधानमन्त्री सुशीला कार्कीले पनि देउवा, एमाले अध्यक्ष केपी ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालसँग भेट गर्ने कार्यक्रम तय गरिएको प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति २०८२ पुस ११ गते शुक्रबार ०३:०९
हजुरको प्रतिक्रिया