२०८३ साउन २१ गते बिहीबार

ओमिक्रोनका कारण नेदरल्याण्ड्समा लकडाउनमा थप कडाइ

ओमिक्रोनका कारण नेदरल्याण्ड्समा लकडाउनमा थप कडाइ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ पुस ४ गते आइतबार १०:३५

कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण तीव्र गतिमा फैलिन थालेपछि नेदरल्याण्ड्समा कडा लकडाउन लागु लागु गरिने भएको छ । नेदरल्याण्ड्सले नजिकिँदै गरेको क्रिसमसमा संक्रमण थप बढ्न सक्ने भन्दै लकडाउन कडा बनाउने निर्णय गरेको...

कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण तीव्र गतिमा फैलिन थालेपछि नेदरल्याण्ड्समा कडा लकडाउन लागु लागु गरिने भएको छ । नेदरल्याण्ड्सले नजिकिँदै गरेको क्रिसमसमा संक्रमण थप बढ्न सक्ने भन्दै लकडाउन कडा बनाउने निर्णय गरेको हो । अत्यवश्यक बाहेकका पसल, बार, जिम, सैलुनसहित सार्वजनिक स्थानहरु कम्तीमा आउँदो जनवरीको मध्यसम्म बन्द हुनेछन् ।

घरमा मात्रै दुईजनासम्म पाहुन आउन पाउने छन् । चाडपर्वको बिदाको समयमा चारजनासम्म पाहुना आउन पाउने जनाइएको छ । प्रधानमन्त्री मार्क रुटले लागु गरिएका कुनै पनि नियम उल्लंघन गर्न नपाइने बताएका छन् । नयाँ नियम आइतबारदेखि लागु भएको हो । हालसम्मकै धेरै उत्परिवर्तन (म्युटेशन) भएको ओमिक्रोनको संक्रमण फैलिँदै गएका कारण युरोपका अधिकांश देशले प्रतिबन्धात्मक नियम लागु गरेका छन् ।

नोभेम्बरको अन्तिम तिर दक्षिण अफ्रिकामा पहिलोपटक पहिचान भएको ओमिक्रोन भेरियन्टको संक्रमण हाल विश्वका ८५ भन्दा बढी देशमा फैलिएको छ । हालको खोपकै बूस्टर मात्राले ओमिक्रोनविरुद्ध कम्तीमा गम्भीर बिरामी पर्नबाट जोगाउने गरी काम गर्ने प्रारम्भीक अध्ययनहरुले देखाएका छन् । तर प्रभाकारिताबारे विश्वसनीय आधारका लागि थप अध्ययनको खाँचो रहेको वैज्ञानिकहरुले बताएका छन् ।

प्रकाशित मिति २०७८ पुस ४ गते आइतबार १०:३५
हजुरको प्रतिक्रिया