२०८३ साउन २१ गते बिहीबार

जेन–जी क्रान्तीले उजागर गरेका विद्यमान समस्याको समाधान मुलुकको संरचनागत परिवर्तनबिना सम्भव छैनः डा. लोहनी

जेन–जी क्रान्तीले उजागर गरेका विद्यमान समस्याको समाधान मुलुकको संरचनागत परिवर्तनबिना सम्भव छैनः डा. लोहनी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ पुस १६ गते बुधबार ०३:१३

उनले भने, ‘जुन किसिमका समस्याहरु देशमा छन्, जस्ता समस्याहरुलाई जेनजी क्रान्तीले अगाडि ल्याएको छ त्यसको समस्याहरुको समाधान गर्न राजनीतिक संरचनागत परिवर्तन नभएसम्म सम्भव छैन । त्यो परिवर्तनको संवाहक हुनको लागि हामी जिम्मेवार हुनुपर्छ । यो एकताले यसलाई बल पुर्याउँछ । मलाई विश्वास छ हामी सबै एकअर्कालाई विश्वास गर्दै अगाडि जान सकौँ ।’

पोखरा ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले देशमा देखिएका विद्यमान समस्याको समाधान राजनीतिक संरचनागत परिवर्तनबिना सम्भव नहुने बताएका छन् ।

बुधबार काठमाडौंमा आयोजित राप्रपा र राप्रपा नेपालबीच एकता घोषणा सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले जेन–जी क्रान्तीले उजागर गरेका समस्याहरू समाधान गर्न राज्यको संरचनामै परिवर्तन गर्न आवश्यक रहेको बताए । त्यस्तो परिवर्तनको संवाहक बन्न राजनीतिक शक्तिहरूले जिम्मेवारीपूर्वक भूमिका खेल्नुपर्ने उल्लेख गर्दै उनले आपसी एकताले त्यसलाई थप बल पुर्याउने विश्वास व्यक्त गरे ।

उनले भने, ‘जुन किसिमका समस्याहरु देशमा छन्, जस्ता समस्याहरुलाई जेनजी क्रान्तीले अगाडि ल्याएको छ त्यसको समस्याहरुको समाधान गर्न राजनीतिक संरचनागत परिवर्तन नभएसम्म सम्भव छैन । त्यो परिवर्तनको संवाहक हुनको लागि हामी जिम्मेवार हुनुपर्छ । यो एकताले यसलाई बल पुर्याउँछ । मलाई विश्वास छ हामी सबै एकअर्कालाई विश्वास गर्दै अगाडि जान सकौँ ।’

दुवै पक्षबीच आपसि विश्वास कायम गर्दै मुलुक र जनताको हितका लागि एकता दिगो रहोस् भन्ने उनको कामना छ ।

प्रकाशित मिति २०८२ पुस १६ गते बुधबार ०३:१३
हजुरको प्रतिक्रिया