२०८३ साउन २१ गते बिहीबार

काँग्रेसभित्रको परिवर्तनविरोधी शक्तिको षड्यन्त्र चिर्न विशेष महाधिवेशन आवश्यकः सहमहामन्त्री मन्सुर

काँग्रेसभित्रको परिवर्तनविरोधी शक्तिको षड्यन्त्र चिर्न विशेष महाधिवेशन आवश्यकः सहमहामन्त्री मन्सुर

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ पुस १८ गते शुक्रबार ०४:१८

उनले पार्टी महामन्त्री गगनकुमार थापालाई पार्टी सभापति तथा प्रधानमन्त्रीका लागि अघि सारेर काँग्रेस निर्वाचनमा जानुपर्ने प्रश्ताव पनि राखे ।

पोखरा ।

नेपाली काँग्रेसका सहमहामन्त्री फर्मुल्लाह मन्सुरले पार्टीले नयाँ नेतृत्व, नीति र कार्यदिशासहित आसन्न निर्वाचनमा जानुपर्ने बताएका छन् ।

शुक्रबार पार्टी केन्द्रिय कार्यालय सानेपामा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले नियमित महाधिवेशनको औचित्य समाप्त भइसकेको भन्दै विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्नुपर्ने धारणा राखे ।

काँग्रेसभित्रका परिवर्तनविरोधी शक्तिहरूको षड्यन्त्र चिर्न विशेष महाधिवेशन आवश्यक रहेको उनको भनाइ छ ।

उनले पार्टी महामन्त्री गगनकुमार थापालाई पार्टी सभापति तथा प्रधानमन्त्रीका लागि अघि सारेर काँग्रेस निर्वाचनमा जानुपर्ने प्रश्ताव पनि राखे ।

उनले महाधिवेशन हुन नदिई पार्टी कब्जा गर्ने प्रयास स्वीकार्य नहुने बताए ।

आसन्न निर्वाचनमा आफ्ना मान्छेहरुलाई टिकट बाँड्न नपाइने भएका कारण पार्टी नेतृत्व महाधिवेशन हुन नदिने पक्षमा रहेको आरोप पनि उनले लगाएका छन् ।

उनले भने, ‘नेपाली काँग्रेस नयाँ नेतृत्वको साथ आसन्न निर्वाचनमा जानुपर्छ । त्यसको लागि नियमित महाधिवेशन गरौँ । यदि नियमित महाधिवेशन सम्भव छैन भनेर विषेश महाधिवेशन गरौँ । सोहीअनुसार नयाँ नेतृत्व, नीति र कार्यदिशाका साथ अगाडि बढ्नुपर्छ । गगनलाई नै पार्टी सभापति र प्रधानमन्त्रीको लागि अघि सारेर काँग्रेस निर्वाचनमा जानुपर्छ । अहिले महाधिवेशन गभयो भने आफ्ना मान्छेलाई टिकट बाड्न मिल्दैन भनेर पार्टी कब्जा गर्ने कार्य जसरी गरिएको छ यो स्वीकार्य हुदैन । काँग्रेसको परिवर्तनविरोधी शक्तिहरुको षड्यन्त्र जुन त्यसलाई चिर्नको लागि विषेश महाधिवेशन आवश्यक छ । महाधिवेशन गर्न नदिएर मै नेता हो भनेर त हुँदैन नि ।’

पार्टीको विषेश महाधिवेशनको प्रक्रिया अघि बढिसकेका कारण नियमित महाधिवेशनको औचित्य समाप्त भइसकेको उनको भनाइ छ ।

प्रकाशित मिति २०८२ पुस १८ गते शुक्रबार ०४:१८
हजुरको प्रतिक्रिया