२०८३ साउन २१ गते बिहीबार

शेखर कोईरालाले विशेष महाविधेशन पक्षधरहरुसँग छलफल गर्ने

शेखर कोईरालाले विशेष महाविधेशन पक्षधरहरुसँग छलफल गर्ने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ पुस १९ गते शनिबार ०३:२१

छलफलमा कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको पछिल्लो बैठकले गरेका निर्णय, महामन्त्रीदय गगन थापा र विश्वप्रकाश शर्माले प्रश्ताव गर्नुभएको विशेष महाधिवेशनको विषय लगायतका सन्दर्भमा कसरी समन्वय गर्न सकिन्छ भन्नेबारेमा छलफल गरिएको नेपाली काँग्रेसका सहमहामन्त्री जीवन परियारले जानकारी दिए ।

पोखरा ।

नेपाली काँग्रेस नेता डा. शेखर कोईरालाले पार्टीभित्र देखिएको पछिल्लो राजनीतिक अवस्थाबारे पार्टीका पदाधिकारी, केन्द्रिय सदस्य, जिल्ला सभापति लगायत नेताहरूसँग छलफल गरेका छन् ।

विशालनगरस्थितसम्पर्क कार्यालयमा शनिबार भएको छलफलमा डा. कोईरालाले पार्टीभित्रको आन्तरिक द्वन्द्व, आगामी निर्वाचनलगायबारे नेताहरूको राय लिएका हुन् ।

छलफलमा कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको पछिल्लो बैठकले गरेका निर्णय, महामन्त्रीदय गगन थापा र विश्वप्रकाश शर्माले प्रश्ताव गर्नुभएको विशेष महाधिवेशनको विषय लगायतका सन्दर्भमा कसरी समन्वय गर्न सकिन्छ भन्नेबारेमा छलफल गरिएको नेपाली काँग्रेसका सहमहामन्त्री जीवन परियारले जानकारी दिए ।

आगामी आम निर्वाचनमा पार्टीलाई एकतावद्ध रूपमा कसरी अघि बढाउने भन्ने विषयमा छलफल भएको उनले बताए ।

सहमहामन्त्री परियारकाअनुसार छलफलमा विशेष महाविधेशन पक्षधरका नेता देवराज चालिसेले विशेष महाधिवेशनका सन्दर्भमा धाराणा राखेका थिए ।

छलफलमा सहभागी नेताहरुले आगामी निर्वाचनमा काँग्रेसलाई एकतावद्ध बनाएर लैजानुपर्नेमा जोड दिएको परियारले जानकारी दिए ।

विशेष महाधिवेशनका पक्षधहरु नेताहरुसँग डा. कोईरालाले परामर्श गर्ने र थप निर्णय गर्नेगरी बैठक टुंगिएको सहमहामन्त्री परियारले जानकारी दिए ।

उनले भने, ‘नेता शेखर कोईरालाले विशेष महाधिवेशनका हस्ताक्षरकर्ता नेतृत्वकर्ताहरुसँग बसेर, उहाँसँग परामर्श गरेर एउटा धाराणा बनाएर हामी अगाडी बढ्ने कुरामा आज छलफल टुंगिएको छ ।’

डा. कोईरालाले डाकेको बैठकमा उपसभापति धनराज गुरुङ, सहमहामन्त्री परियार, विशेष महाधिवेशन पक्षधरका नेतृत्वकर्ता नेता देवराज चालिसे, केन्द्रिय सदस्य दीपक गिरी, बलबहादुर केसी, डा. मिनेन्द्र रिजाल, तेजुलाल चौधरी लगायतका नेताहरु सहभागी थिए ।

प्रकाशित मिति २०८२ पुस १९ गते शनिबार ०३:२१
हजुरको प्रतिक्रिया