२०८३ साउन २१ गते बिहीबार

पूर्वमन्त्री कुमार खड्का रास्वपा प्रवेश

पूर्वमन्त्री कुमार खड्का रास्वपा प्रवेश

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ पुस १९ गते शनिबार ०३:४१

पोखरा । गण्डकी प्रदेशका पूर्वमन्त्री कुमार खड्का राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेका छन्। नेपाली काङ्ग्रेसका नेता खड्का सहित कांग्रेस निकट व्यवसायी मिलन थापा, एमाले निकट व्यवसायी पुष्प अधिकारी र पाइलट मदन केसी शनिबार...

पोखरा ।

गण्डकी प्रदेशका पूर्वमन्त्री कुमार खड्का राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेका छन्।

नेपाली काङ्ग्रेसका नेता खड्का सहित कांग्रेस निकट व्यवसायी मिलन थापा, एमाले निकट व्यवसायी पुष्प अधिकारी र पाइलट मदन केसी शनिबार रास्वपाको गण्डकी प्रदेशस्तरीय भेटघाट कार्यक्रममा सार्वजनिक भएका हुन् ।

उनीहरुलाई रास्वपाका उपसभापति स्वर्णिम वाग्लेले स्वागत गरे ।

रास्वपा प्रवेश गरेका पूर्वमन्त्री खड्का केहि समयअघि नेपाली कांग्रेसको अनुशासन कारबाहीमा परेका थिए । २०७९ को निर्वाचनमा हालका प्रदेश मन्त्री विन्दुकुमार थापासँग हराउन लागेको भन्दै खड्का कारबाहीमा परेका थिए ।

कांग्रेसमा हुँदा खड्का गण्डकीका भौतिक पुर्वाधार मन्त्री बनेका थिए।

कांग्रेसमा जानुअघि खड्का अखण्ड नेपाल पार्टीबाट महिला बालबालिका मन्त्री बनेका थिए ।

प्रकाशित मिति २०८२ पुस १९ गते शनिबार ०३:४१
हजुरको प्रतिक्रिया