२०८३ साउन २१ गते बिहीबार

एमाले फागुन २१ मा निर्वाचन हुन्छ भन्नेमा विश्वस्त छैनः विष्णु पौडेल

एमाले फागुन २१ मा निर्वाचन हुन्छ भन्नेमा विश्वस्त छैनः विष्णु पौडेल

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ पुस १९ गते शनिबार ०४:०१

उनले निर्वाचन निष्पक्ष, स्वतन्त्र र भयरहित वातवरणमा निर्वाचन सम्पन्न गराउनका लागि गर्नुपर्ने मुख्यमुख्य कामहरुमा सरकारको ध्यान नगएको जिकीर समेत गरे ।

पोखरा ।

नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले तोकिएको मितिमा नै निर्वाचन हुन्छ भन्नेकुरामा अझै विश्वस्त हुने अवस्था नरहेको बताएका छन् ।

शनिबार वुटवलमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिनेक्रममा उनले सो कुरा बताएका हुन् ।

उपाध्यक्ष पौडेलले निर्भयताका साथ निर्वाचन गराउनका लागि आवश्यक वातावरण बनाउने काममा लाग्न सरकारलाई सचेत पनि गराए ।

उनले निर्वाचन निष्पक्ष, स्वतन्त्र र भयरहित वातवरणमा निर्वाचन सम्पन्न गराउनका लागि गर्नुपर्ने मुख्यमुख्य कामहरुमा सरकारको ध्यान नगएको जिकीर समेत गरे ।

निर्वाचनको कामलाई सरकारले राम्रोसँग अघि बढाउनपर्ने उपाध्यक्ष पौडेलको भनाई थियो ।

उनले भने,‘तोकिएको मितिमा निर्वाचन हुन्छ भन्ने कुरामा हामी अझै पनि विश्वस्त हुन सक्दैनौ । किनभने निर्वाचन तोकिएकै मितिमा होस तर भयरहित वातावरणमा निष्पक्ष, स्वतन्त्र ढंगले निर्वाचन होस् । सबै मतदाताहरुले निर्भयताका साथ निर्वाचनमा भाग लिन सकुन् । सबै राजनीतिक दलहरुले निर्वाचनमा प्रतिष्पर्धा गर्न सकुन् भन्ने हाम्रो चाहना हो । तर त्यो चाहना पूरा गर्नुपर्ने हिसावले गर्नुपर्ने कामहरु अहिले पनि भईरहेका छैनन । सरकारले निर्वाचनको तयारी राम्रोसँग अघि बढाओस् । निर्वाचनसँग जोडिएका यावत कामहरु राम्रो अघि बढाओस् ।’

उपाध्यक्ष पौडेलले एमाले निर्वाचनको पक्षमा सधैं रहेको समेत बताए ।

प्रकाशित मिति २०८२ पुस १९ गते शनिबार ०४:०१
हजुरको प्रतिक्रिया