२०८३ साउन २१ गते बिहीबार

समानुपातिक बन्दसूचि रुजु, गल्ती सच्याउने समय २७ गतेसम्म

समानुपातिक बन्दसूचि रुजु, गल्ती सच्याउने समय २७ गतेसम्म

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ पुस २० गते आइतबार ०४:४०

उनकाअनुसार २१ गतेदेखि २७ गतेसम्म दलहरूले त्रुटी सच्याएर पुनः बन्दसूचि पेश गर्न पाउनेछन् । अन्तिम सूचि सार्वजनिक हुनुअघि सम्बन्धित उम्मेदवारहरूले आफ्नो नाम फिर्ता लिनसक्ने उनले बताए ।

पोखरा ।

निर्वाचन आयोगले समानुपातिकतर्फ राजनीतिक दलहरूले बुझाएको बन्दसूचिसम्बन्धी कागजातको रुजु सम्पन्न गरेको छ ।

आयोगका तथ्यांक शाखाका निर्देशक पूर्णबहादुर घर्तीमगरकाअनुसार पुस १६ गतेदेखि २० गतेसम्म दलहरूको बन्दसूचिमा रहेका कागजातहरूको जाँच गरिएको हो ।

रुजु गर्नेक्रममा देखिएका कैफियतहरू छुट््याएर सम्बन्धित राजनीतिक दललाई आईतवार साँझसम्म पत्रमार्फत जानकारी गराइने उनले जानकारी दिए ।

कागजात नपुगेका, उमेर नपुगेका लगायतका सबै त्रुटी छुट्याएर दलहरूलाई सच्याउन पठाइने उनले बताए ।

उनकाअनुसार २१ गतेदेखि २७ गतेसम्म दलहरूले त्रुटी सच्याएर पुनः बन्दसूचि पेश गर्न पाउनेछन् । अन्तिम सूचि सार्वजनिक हुनुअघि सम्बन्धित उम्मेदवारहरूले आफ्नो नाम फिर्ता लिनसक्ने उनले बताए ।

समानुपातिक सूचिमा रहन नचाहने उम्मेदवारले २८ गते उम्मेदवारी फिर्ता लिन पाउनेछन् ।  त्यसको जानकारी पनि आयोगले सम्बन्धित दललाई दिने उनले बताए ।

दलबाट प्राप्त अन्तिम विवरणका आधारमा खाली स्थानमा नयाँ उम्मेदवार सिफारिस गरेपछि तयार हुने अन्तिम बन्दसूचिलाई निर्वाचन आयोगले सार्वजनिक गर्ने उनले जानकारी दिए

उनले भने, ‘१६ गतेदखि २० गतेसम्म दलहरुको दर्ता भएको समानुपातिकतर्फको बन्दसूचिमा रहेको डकुमेन्टहरु रुजु ग¥यौँ । रुजू गर्दा देखिएका कैफियतहरु हामी सबै कोट गरेर सम्बन्धित दलहरुलाई आज साँझसम्म पत्र पठाउँछौँ । त्यसमा डकुमेन्ट नपुगेका, उमेर नपुगेका लगायत सबै छुट्याएर हामी पठाउँछौ । त्यसको आधारमा भोली २१ गतेदेखि २७ गतेसम्म दलहरुले ती कुरा सच्याएर ल्याउनुहुन्छ । र हामीले दलको तर्फवाट आएको बन्दसूचिलाई २७ गते फाईनल गर्छौ । त्यसपछि सम्बन्धित उम्मेद्वारले आफ्नो नाम फिर्ता लिन पाउनुहुन्छ । समानुपातिकमा बस्न चाहन्न भन्नेले २८ गते उम्मेवारी फिर्ता दिन पाउनछन्, हामीले त्यो पनि सम्बन्धित दललाई जानकारी दिन्छौँ । र दलको विवरण आईसकेपछि दलले खाली ठाउँमा नयाँ मान्छे सिफारिस गरेपछि दलको तर्फबाट अन्तिम बन्दसूचि तयार पारेपछि हामीले त्यसलाई सार्वजानिक गर्छौं ।’

फागुन २१ गते हुने निर्वाचनका लागि राजनीतिक दलहरुले पुस १३ र १४ गते समानुपातिक तर्फको बन्दसूचि पेश गरेका थिए ।

 

प्रकाशित मिति २०८२ पुस २० गते आइतबार ०४:४०
हजुरको प्रतिक्रिया