२०८३ साउन २१ गते बिहीबार

ओलीको निर्देशनः देशभर एकै पटक निर्वाचन नहुन सक्छ, मनोवैज्ञानिक रुपले तयार रहनूस्

ओलीको निर्देशनः देशभर एकै पटक निर्वाचन नहुन सक्छ, मनोवैज्ञानिक रुपले तयार रहनूस्

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ पुस २२ गते मंगलबार ०१:२४

अध्यक्ष ओलीको भनाइ उद्धृत गर्दै नेकपा एमालेका उपमहासचिव लेखराज भट्टले निर्वाचनमा कसरी जाने भन्नेबारे नेतृत्वको बीचमा छलफल भएको बताए उनले अध्यक्ष ओलीले वाह्य रुपमा निर्वाचनको माहोल बनेको र त्यसमा तयारी गर्न नेता, कार्यकर्ताहरुलाई निर्देशन दिएको पनि जानकारी दिए ।

पोखरा ।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एकै पटक प्रतिनिधि सभा सदस्य निर्वाचन हुनेमा आशंका व्यक्त गरेका छन् ।

मंगलबार पार्टी केन्द्रिय कार्यालय च्यासलमा बसेको पार्टी केन्द्रिय सचिवालय बैठकमा ओलीले यस्तो बिफ्रिङ गरेका हुन् ।

अध्यक्ष ओलीको भनाइ उद्धृत गर्दै नेकपा एमालेका उपमहासचिव लेखराज भट्टले निर्वाचनमा कसरी जाने भन्नेबारे नेतृत्वको बीचमा छलफल भएको बताए उनले अध्यक्ष ओलीले वाह्य रुपमा निर्वाचनको माहोल बनेको र त्यसमा तयारी गर्न नेता, कार्यकर्ताहरुलाई निर्देशन दिएको पनि जानकारी दिए ।

आगामी निर्वाचनलाई आन्दोलनकै रुपमा लिनुपर्ने उनको भनाइ छ । उनले अध्यक्ष ओलीले सरकारको गतिविधि र देशमा भइरहेको साम्प्रदायिक घटनाले निर्वाचन हुन्छ की हुँदैन भन्ने अन्यौलता सिर्जना गरेको बताए ।

उनले भने, ‘चुनावमा कसरी जाने, के जाने भन्नेकुरा नेतृत्वको बीचमा छलफल हुनेकुरा स्वभाविक नै हो । वाह्य रुपमा वातावरण बनेको जस्तो छ, त्यसको तयारी हामीले गर्नुपर्छ । हामी त यसलाई आन्दोलनकै रुपमा निर्वाचनलाई लिनुपर्छ भन्ने अध्यक्षको सम्बोधनमा सार रहेको छ । तयारी हाम्रो हुन्छ तर सरकारको जो गतिविधि छ, देशमा साम्प्रदायिकताका घटना जुन किसिमले भइरहेको छन्, त्यसले यो निर्वाचन हुन्छ की हुँदैन भन्ने अन्योलता छ । एकै पटक नहुन सक्ने स्थिति छ, त्यसले पर सार्नसक्छ, खण्ड खण्डमा गर्नसक्छ । त्यसको लागि पन मनोवैज्ञानिक रुपले तयार हुनुपर्छ भन्नुभयो ।’

खण्ड खण्डमा निर्वाचन हुनसक्ने भन्दै उनले त्यसबारे पनि मनोवैज्ञानिक रुपमा तयार रहन अध्यक्ष ओलीले निर्देशन दिएको जनाकारी दिए ।

प्रकाशित मिति २०८२ पुस २२ गते मंगलबार ०१:२४
हजुरको प्रतिक्रिया