२०८३ साउन २१ गते बिहीबार

अब निर्वाचनबाट भाग्ने छुट छैनः गृहमन्त्री अर्याल

अब निर्वाचनबाट भाग्ने छुट छैनः गृहमन्त्री अर्याल

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ पुस २४ गते बिहीबार ०३:०८

निर्वाचन सुरक्षित, निष्पक्ष ढंगले हुने पनि उनको भनाइ छ । मन्त्री अर्यालले निर्वाचन नै एकमात्र र सही विकल्प भएको पनि दाबी गरे । आन्दोलनका क्रममा लुटिएका केही हतियारहरु बाहिर रहेको तर निर्वाचन नै रोकिने गरीकन हतियार बाहिर नरहेको उनले स्पष्ट पारे ।

पोखरा ।

अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले सरकार निर्वाचन सुरक्षाका लागि जिम्मेवार रहेको बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।  उनले जेन–जीहरुलाई भड्काएर हिंसा सिर्जना गर्नेहरु पनि विस्तारै निर्वाचनको पक्षमा आएको बताए ।

उनले दण्डहिनता गृह मन्त्रालयले सहन नसक्ने बताए । मिस इन्फरमेसन, डिसइन्फरमेसन केही पनि गर्न सरकारले नदिने जिकिर उनले गरे ।

निर्वाचन सुरक्षित, निष्पक्ष ढंगले हुने पनि उनको भनाइ छ । मन्त्री अर्यालले निर्वाचन नै एकमात्र र सही विकल्प भएको पनि दाबी गरे । आन्दोलनका क्रममा लुटिएका केही हतियारहरु बाहिर रहेको तर निर्वाचन नै रोकिने गरीकन हतियार बाहिर नरहेको उनले स्पष्ट पारे ।

वर्तमान सरकारलाई अन्तर्राष्ट्रिय समर्थन रहेको बताउँदै उनले कुनैपनि हिसावले अहिलेको सरकार निर्वाचन गराउन सक्षम रहेको दाबी गरे । निर्वाचनमा राज्यको लगानी धेरै भइसकेकाले अब फर्किने छुट नरहेको उनले बताए ।

एक लाख भन्दा बढी निर्वाचन प्रहरीको भर्ना खलाइएको भन्दै उनले निर्वाचन अब नरोकिने स्पष्ट पारे ।

उनले भने, ‘निर्वाचनको सुरक्षाको विषयवस्तु छ । सरकार निर्वाचनको विषयवस्तुमा जिम्मेवार छ । जेनजी पुस्ता जिम्मेवार छ । जेनजी पुस्ताले अहिले निहुँ खोजेको देख्दिन मैले । कतिपयले ताली बजाउन, हिंसा भड्काउन, कता कता हिँड्न प्रोत्साहन दिनुभयो । ति तत्वहरु अहिले छन् र छैनन् नि । हो त्यो काम गृहमन्त्रालयले गरेको काम हो । दण्डहिनता गृह मन्त्रालयले रहन दिँदैन । जेनजीकै नाममा कोही जान्छ भने, हिंसा भड्काउन लाग्छ भने त्यो हुन दिँदैन । निर्वाचनकै सुरक्षाको लागि गरेको हो । मिस इन्फरमेसन, डिसइन्फरमेसन केही पनि गर्न पाइँदैन । साइबरको मुद्दा लाग्छ अहिले । दण्डहिनता हामीले स्वीकार गर्दैनौँ । केही मानक हामीले बनाइसकेका छौँ । निर्वाचनको सुरक्षाको लागि आफ्नो तयारी हुनुपर्छ । सुरक्षा सरकारको कर्तव्य हो, स्टेक होल्डरको पनि कर्तव्य हो । सुरक्षामा कुनै कमजोरी छैन । बाहिर अफवाह विभिन्न फैलिएका छन् । तर त्यो अन्तिम सत्य होइन । निर्वाचन सुरक्षित, निष्पक्ष ढंगले हुन्छ ।’

मन्त्री अर्यालले आफ्नो पहिलो प्राथमिकता देश र मानवता जोगाउनु रहेको बताए । आफू सही रहेको र नागरिकसँगै रहेको जिकिर उनको छ ।

 

प्रकाशित मिति २०८२ पुस २४ गते बिहीबार ०३:०८
हजुरको प्रतिक्रिया